राष्ट्रिय प्रजातन्त्र पार्टीले बुटवलमा आमसभा गर्ने

बुटवल, फागुन १५ गते । राजासहितको प्रजातन्त्र खोजेको राष्ट्रिय प्रजातन्त्र पार्टीले बुटवलमा आमसाभा गर्ने भएको छ । यही फानगुन १७ गते बुटवलमा आयोजना गरिएको प्रदेशस्तरीय आमसभाबारे सो पार्टीले बहिबिार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

देशका सबै प्रदेशमा पार्टीले अघि सारेका एजेण्डाहरुबारे जनतालाई जानकारी गराउनका लागि आमसभाको आयोजना गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका लुम्बिनी प्रदेश अधयक्ष प्रदीप उदयले जानकारी गराए । लुम्बिनी प्रदेशको बुटवलसहित सबै प्रदेशहरुमा आमभसभाहरु आयोजना गरिएको उनले बताए । उक्त पत्रकार सम्मेलनमा बोल्दै प्रदेश अध्यक्ष प्रदीप उदयले अहिलेको गणतान्त्रिक व्यवस्था असफल भैसकेको बताउंदै मुलुकले राजा खोजेको बताए ।

राजसंस्था ल्याउन, हिन्दुराष्ट्र कायम गर्न, संघीयता खारेज गरी स्थानीय र केन्द्रलाई बलियो बनाउनु पर्ने बताउंदै उनले मुलुकका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री आवश्यक परेको बताए । उनले राजाले मात्रै मुलुकलाई सिनकास दिन सक्ने दाबी गर्दै राजाहितको प्रजातन्त्रको आवश्यक छ र त्यसका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी आन्दोलनमा उत्रेको बताए ।

राजा होइन राजसंस्था चाहिएको बताउंदे उनले भने राजा नहुंदा मुलुकको अवस्था कमजो भैसकेको र राजा बिनाको मुलुकको कल्पना पनि गर्न नसकिने जिकिर गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सल्लाहकार समितिका सदस्य निरन्जन थापाले संसदले राजा नहटाएको बताउंदै जबरजस्त राजा हटाईएको बताए । राष्ट्रिय एकता कायम गर्न राजा चाहिने बताउंदै उनले हामीले गणतन्त्र मानेका छैनौ, गणतन्त्रमा लुटतन्त्र मौलाएकाले यसको विकल्पमा राजासहितको प्रजातन्त्र आवश्यक छ, भने ।

बुटवलको टफिकचोकमा हुने उक्त आमसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिगंदेल, उपाध्यक्ष विक्रम पाण्डेय र धुर्वबहादुर प्रदान, महामन्त्री धबलशमसेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य युवराज घिमिरेले जानकारी गराएका छन् ।

गणतन्त्रको अन्त्य राजासहितको प्रजातन्त्र, संघीयता खारेज र मुलुकमा धार्मिक सहिष्णुतासहितको हिन्दु राष्ट्रको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी उभिएको छ ।