राजालाई अभिभावकीय जिम्मेवारी दिनुपर्छ

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिगंदेनले मुलुकलाई दुर्घटनाबाट जोगाउन सबै अटाउने मौलिक व्यवस्था ल्याउनु पर्ने बताएका छन् । राजालाई अभिभावकीय जिम्मेवारीमा राख्ने गरी राजादेखि माओवादीसम्म अटाउने व्यवस्था ल्याउनु पर्नेमा जोड दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिबार बुटवलमा आयोजना गरेको आमसभामा बोल्दै अध्यक्ष लिङ्देलले गणतन्त्रको नाममा देश लुटिएको जिकिर गर्दै गणतन्त्रको नाममा काँग्रेस, कम्युनिष्टहरुले देशलाई कंगाल बनाएको आरोप ललगाए ।

संघीय सांसद समेत रहेका अध्यक्ष लिङ्देलले सांसदलाई पूर्णसमानुपातिक बनाउनुपर्ने र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चुन्ने व्यवस्था नल्याएसम्म देशले निकास नपाउने सुझाए । उनले थपे, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री दुई कार्यकालभन्दा प्रधानमन्त्री हुन नपाउने कानुनी रुपमा व्यवस्था ल्याउनुपर्ने औंल्याए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्षद्धय विक्रम पाण्डेय, धुर्वबहादुर प्रदान, महामन्त्री धबलशमसेर राणाले जनताको अवस्था परिवर्तन गर्न अहिले व्यवस्था परिवर्तन गर्नुपर्ने बताए । देशले राजासहितको प्रजातन्त्र खोजेको बताउंँदै राजा होइन राजसंस्था चाहिएको उनीहरुले भनाई थियो ।राजा नहुंँदा मुलुकको अवस्था कमजोर हुँद्र गएको र राजा बिनाको मुलुकको कल्पना पनि गर्न नसकिने उनीहरुको दाबी थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले काँग्रेस र एमालेबाट देशमा परिवर्तन सम्भब नहुने बताउँदै अब राजा बिनाको देश कल्पना पनि गर्न नसकिने र अपमान गरेर फालिएका राजा नआउंँदासम्म देशले निकास नपाउने जिकिर बताए ।

उनले यो व्यवस्था बाधक रहेको बताउंँदै राजासहितको प्रजातन्त्र आवश्यक रहेको उल्लेख गर्दै संघीता खारेज गर्नुपर्नेमा जोड दिए । प्रदेश खारेज गरेर शिक्षा, स्वास्थ्य निःशुल्क गराउन सकिने  बताए ।