शहीद तथा बेपत्ता परिवारलाई सम्मान

विनोद खनाल
बुटवल, फागुन १८ गते । शहीद सप्ताह अन्तर्गत नेकपा रुपन्देहीले जनयुद्धको क्रममा रुपन्देहीबाट साहदत प्राप्त गरेका शहीद तथा बेपत्ताका परिवारलाई सम्मान गरेको छ । आइतबार विशेष कार्यक्रमको आयोाजना गरी सम्मान गरिएको हो ।

२०५२ साल फागुन एक गतेदेखी सुरुभएको जनयुद्धका क्रममा रुपन्देहीबाट २०५५ साल कात्तिक २३ गते माधब घिमिरेको पहिलो साहदति भएको थियो भने एकै घरपरिवारका ६ जना सहित ७१ जनाले रुपन्देहीबाट बलिदानी गरेको नेकपा रुपन्देही सेक्रेटरी बिरन्द्र सीले बताए । सुपानेट झुल, खादा र नगदसहित सम्मान गरिएको हो । उक्त कार्यक्रममा करिब ६० शहीद परिवारको सहभागिाता थियो ।

उक्त सम्मान कार्यक्रममा बोल्दै नेकपाका पोलिटव्युरो सदस्य एवं रुपन्देही ईन्चार्ज बसन्त सीले शहीदहरुको बलिदानको जगमा जन्मिएको बर्तमान ब्यबस्थामा शाशन चलाउनेहरुलाई जनयुद्ध र शहीदहरुको अपमान गर्ने छुट नभएको बताए ।
जनयुद्धको रगतको जगमा जन्मिएको ब्यबस्थामा केन्द्र, प्रदेश र स्थानीय तहमा रजगज गरेका शाशकहरुले जनयुद्धलाई नै अपमान गर्ने हैन जनयुद्धका सहिदहरु माओवादीका मात्रै सहिद नभै गणतन्त्रका सहिदको रुपमा सम्मान गरेर उचित अवशर दिन जरुरी छ । राणाका विरुद्ध संघर्षमा साहदति गरेका चार सहिद पन्चायतका बिरुद्धका सुखानि लगायतका आन्दोलनका सहिद र राजतन्त्रको समुल अन्त्यका लागि गरेको जनयुद्धका सहिदमा फरक कसरी हुन सक्छन? ति सबै सहिद राष्ट्रीय सहिद हुन ।“

यस्तै नेता बसन्तले सहिद परिवारहरुलाई सम्मानगर्नुको साटो जनयुद्धलाई नै अपराधिकरण गर्न खोजेको भन्दै सक्छौ सम्मान गर हैन भने अपमान गर्ने धृष्टता नगर्न चेतावनी दिए ।
सहिद बेपत्ता परिवार र उनका सन्ततिहरुको सम्पुर्ण रुपमा जिम्मा लिनुपर्ने र जनयुद्धका सहिदहरुलाई राष्टीय सहिद घोषणा गर्नुपर्ने दावी गर्दै उनले भने – “सहिदबेपत्ता परिवारका आँशु र पिडालाई कमजोरी ठानेर दवाउने कोशिश नगरियोस । त्यो बिद्रोहमा सल्कियो भने शाशकहरुले आँसु बगाउन पनि पाउँनेछैनन ।“

नेकपाका केन्द्रीय सदस्य सरद सीले सहिदपरिवार संग सहकार्य गर्दै हिमाल पहाड तराईका जनताको एकाकारमा नेपालको दलाल पुजीवादी सत्तालाई अन्त्य गरी नेपाली बिशेषताको समाजबाद ल्याउन फेरी एकपटक नयाँ संकल्प गर्न जरुरी रहेको बताए ।

अर्का केन्द्रीय सदस्य बिस्वास सीले यही दलाल पुजीवादी ब्यबस्थाका लागी नेपाली महान आमाबाबाका छोराछोरीहरु उच्च वलिदानीभावका साथ हाँसीहाँसी मर्न तयार नभएको भन्दै सहिदहरुका सपना पुरा नभएको र वलिदानीको उचित सम्मान नभएको जिकिर गरे ।

सहिदबेपत्ता परिवारकी केन्द्रीय सचिव जया सीले सहिद बेपत्ता परिवार दल बिषेशमा बिभाजित नभै हाम्रा हक अधिकार प्राप्तिको लडाईंकालागि पनि एकजुट हुन आवश्यक रहेको बताईन ।  यस्तै उनले सम्युक्त राष्ट्रसंगले द्वन्द्व पिडितलाई मिलाएर परिपुरणको ब्यबस्था गर्ने भनेपनी राज्यपक्षले पहल नगरेकोमा चिन्ता ब्यक्त गरिन ।

कार्यक्रममा नेकपा माओबादी केन्द्रकी रुपन्देही ईन्चार्ज तथा सहिद परिवार सोनीया यादव, सभासद तथा सहिद परिवार लता घिमिरे, सहिद बेपत्ता समाज रुपन्देही सचिव शिब घिमिरे, सहिद जीवनारायण सुबेदीकी श्रिमती ईन्दिरा सुबेदी लगायतले बोल्दै सहिदहरुको योगदानलाई खेरजान दिन नहुने बताए। कार्यक्रममा समाना परिवारकी रेश्मी बुढाको सहिद तिमिलाई बोलको गित गाउँदा सबैका आँखा रसाएका र माहोल भावुक बनेको थियो ।

पार्टिका केन्द्रीय सदस्य शरद सीको अध्यक्षता अर्का केन्द्रीय सदस्य बिस्वाश सीको स्वागत र केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी बिरेन्द्र सीको संचालनमा सम्पन्न कार्यक्रममा सहिदपरिवारसंग अन्तरक्रिया समेत गरिएको थियो ।