प्याब्सन केन्द्रको उपाध्यक्षमा हेमलाल भुसालको घोषणा

बुटवल, फागुन २२ गते । नीजि तथा आवसिय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनको १६ औं राष्ट्रिय महाधिवेशन काठमाण्डौमा हुंदै छ । यही फागुन २६ र २७ गते काठमाण्डौमा हुने महाधिवेशनले नयां नेतृत्व चयन गर्ने छ ।

उक्त अधिवेशनबाट नेतृत्वमा आउनका लागि नीजि विदालयका सञ्चालकहरुलाई केही दिन यतादेखि महाधिवेशन तयारीमा जुटेका छन् ।
काठमाण्डौमा दुई दिनसम्म चल्ले महाधिवेशनकोे निर्वाचनमा उपाध्यक्षका लागि बुटवलका हेमलाल भुसाल शर्माले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

रुपन्देहीको तिलोक्तमा वडा नम्बर ३ मा सञ्चालित बुटवल वव्लिक स्कुलका संस्थापक अध्यक्ष हेमलाल भुसाल शर्माले उपाध्यक्षका लागि बुधबार मनोनय दर्ता गरिसकेको छ न् । नीजि क्षेत्रको लगानमिा स्कुल सञ्चालन गरेका भुसाल लानमो समयदेखि नीज तथा आवसिय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनको जिल्ला र केन्द्रमा रहेर काम गर्दै आएका अनुभवी र पाका मानिन्छन् ।

नीज तथा आवसिय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन रुपन्देहीको कार्यसमिति, कोषाध्यक्ष, सल्लाहाकार हुंदै प्याब्सन केन्द्रिय समितिको कार्यसमिति सदस्य भएर काम गरेका हेमलाल भुसाल शर्मा अहिलेका केन्द्रिय कोषाध्यक्ष हुन् ।

कोषाध्यक्षमा रहेर सफल काम गरेको प्र याब्सनमा लामो समय काम गरेको अनुभब भएकाले अहिले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको भुसालले बताए ।

संस्थालाई संस्थागत रुपमा थप विकास र थप व्यवस्थित गर्नका लागि आफुले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको जानकारी गराए ।
देशभरका साथिहरुको साथ सहयोग र सुझाब सल्लाह लिएर उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको हेमलाल भुसाल शर्माले बताए ।