दाङ-रुपन्देही सम्पर्क समाज: स्थापना दिवसमा बृहत सरसफाई


बुटवल । दाङ-रुपन्देही सम्पर्क समाज रुपन्देहीको पहिलो स्थापना दिवस मंगलबार (आज) बुटवलको नयाँ बसपार्कमा बृहत सरसफाई कार्यक्रम गरी मनाइएको छ । २०८० साल फाल्गुन २७ गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा दर्ता भई दाङबाट स्थायी र अस्थायीरुपमा रुपन्देहीमा बसोबास गर्दै आएका दाङबासीहरुलाई जोड्दै समाजले सामाजिक एवं मानवीय सेवामा निरन्तर कार्य गर्दै आएको छ ।

यसअघि समाजले बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको साताव्यापी बृहत सरसफाई कार्यक्रममा सामेल भएर सरसफाई गरेको थियो भने, नेपाल स्वयंसेवी रक्तदाता संघ रुपन्देहीमा रक्तदान, बुटवलका क्रियाशील पत्रकारहरुको निःशुल्क मृगौला परिक्षण शिवीर, पारिवारिक बनभोज कार्यक्रम र समाजमा रहेका सदस्यहरुलाई दुखको बेला सहयोगी साथी बन्ने जस्ता कार्य गर्दै आएका बेला पहिलो स्थापना दिवसलाई रचनात्मक कार्य गरेर मनाउने उद्देश्यले नयाँ बसपार्कमा सरसफाई गरेर मनाइएको समाजका अध्यक्ष रेशम बहादुर महराले बताए ।
उनले भने, हामी बर्षको एकपटक हरितालिका तीजको बेला मात्रै नभई समयानुकूल र सामाजिक कार्यमा तल्लीन भएर बुटवलमा समाजको सेवाभावलाई सक्रिय बनाइराख्ने प्रणमा छौं । अब लगत्तै बुटवल हस्पिटल प्रालीसँग समाजका सदस्यहरुलाई स्वास्थ्य सेवामा राहत होस् भन्ने उद्देश्यले केही छूटको सम्झौता गर्ने प्रयासमा छौं, जसले समाजमा रहनुभएका दाङबासीहरुलाई टेवा पुग्ने विश्वास लिएको छु ।

सरसफाई कार्यक्रमको प्रमुख अतिथि दाङबासी हाल बुटवल उपमहानगरपालिका वडा न-१ का वडाध्यक्ष नरेन्द्र बहादुर वस्नेतले आफु २०४९ सालमा बुटवल नगरपालिकामा कर्मचारीको रुपमा कार्यरत रहँदा त्यतिबेला आफु एक्लो भएको, पछिल्लो समय एउटा समाज बनेर कर्मथलोमा समाज सेवा गर्न पाउँदा निकै खुसी भएको र विगतमा दंगाली हुँ भनेर परिचय दिँदा अपमानित हुनुपर्ने जस्ता तीतो क्षणको स्मरण गर्दै समाजलाई चलायमान बनाएर समाजसेवाको तेस्रो आँखा बन्न आग्रह गरे ।
बुटवल उपमहानगर वातावरण, फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख ठगिश्वर पोख्रेलले समाजले स्थापनाको छोटो समयमै सामाजिक कार्यहरु गर्दै समाजलाई उदाहरणीय बनाउँदै गएको बताउँदै आगामी दिनमा बुटवल उपमहानगरसँग समन्वय गरेर कुनै कार्य गर्नु परेमा पालिकाको साथ सदैव रहने प्रतिबद्धता व्यक्त गरे ।
सरसफाई कार्यक्रममा समाजका सल्लाहकारहरु माधब वस्नेत, शंकर बिक, दाङबासी समाजका सदस्य बुटवलबाट प्रकाशित दैनिक पत्रका सम्पादक सुमन अधिकारी, अस्थायी प्रहरी बिट नयाँ बसपार्कका इन्चार्ज बिमला एजी, पश्चिम नेपाल वस व्यवसायी प्राली र बुटवल यातायात प्रालीका प्रतिनिधि एवं कर्मचारीहरुको समेत उपस्थिति रहेको सरसफाई कार्यक्रमका संयोजक समाजका उपाध्यक्ष लोकमणि भट्टराईले जनाएका छन् । सरसफाईसँगै समाजले बसपार्कमा चार वटा डस्टबिन समेत राखेर फोहोर व्यवस्थापनमा नागरिकहरुलाई सहजता बनाउने प्रयास गरेको महासचिव रमा सुबेदीले बताएकी छिन् ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










