पुराना शक्तिबाट देश चल्दैन – बाबुराम

बुटवल, मंसिर १२ गते ।
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले देश चलाउन ढंगको राष्ट्रिय एकता कायम गर्नुपर्ने बताएका छन् । कांगे्रस, एमाले पुरना राजनीतिक दलबाट देश नचल्ने भएकाले नयां राष्ट्रवादी शक्ति आवश्यक रहेको बताए ।
जनता समााजवादी पार्टीले आइतबार बुटवलम आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देश चलाउनका लागि जसपा, माओवादी, मेधेशवादी र जनजाती आन्दोलनीच नयां ढंगले एकता गर्नुपर्ने बताए ।
जनता समाजवादी पार्टीका संघीय परिषद् सदस्यसमेत रहेका डाक्टर भट्टराईले पुराना शक्ति कांगे्रस, एमालेबाट देश चल्नै नसक्ने दावी गरे ।
कांगे्रस, एमाले लगायतका पुराना राजनीतिक दलमा बैचारिक स्खलन भैसकेको आरोप लगाउंदै पुरनाबाट कुनै अपेक्षा गर्न नसकिने बताए ।
उनले देश प्रतिगमनतर्फ गएको बताउंदै संसद विघटन गर्न राकिएपनि पुराना शक्तिहरु हावी हुंदा प्रतिगमनको खतरा कायमै रहेको दावी गरे ।
एमाले अध्यक्ष केपी ओलीले प्रतिगमनको नेतृत्व गरेको आरोप लगाउंदै त्यसका बिरुद्व अब नयां ढंगको राष्ट्रिय एकता आवश्यक रहेको बताए ।
जनताको चाहाना अनुसार देशमा परिवर्तन हुन नसकेको उल्लेख गर्दै अपेक्षा अनुसार परिवर्तन नभएकाले दलप्रति जनताको निरासा छाएको बताए ।
उनले राष्ट्रिय राजनीतिले जनतालाई भ्रममा पारेको बताउंदै चितवनमा जारी एमालेको महाधिवेशनलाई लक्षित गर्दै जनतालाई भ्रममा पार्न ओलीले गाइजात्रा गरेको बताए ।
जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राइले जनतालाई जागरुक बनाउन र संगठन विस्तारका लागि जागरण अभियान सञ्चालन गरिएको बताए । उनले एमालेबाट कुनै अपेक्षा गर्न नसकिने दावी गर्दै जसपाले जनताको अपेक्षा अनुसार काम गरेको बताए । जसपाका नेता मनिकर कार्कीको सञ्चालनमा कार्यक्रम भएको थियो ।