सफल भयो लुम्बिनी प्रादेशिकमा “एन्जियोप्लाष्टी”

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मुुटु सम्बन्धि जटिल समस्याको निराकरण गर्ने प्रयास सफल भएको छ । पहाडी जिल्ला र तराईका क्षेत्रहरुको प्रमुख ठूलो मानिने सरकारीस्तरको अस्पतालमा यसअघि मुुटु सम्बन्धि सेवा नहुँदा मुटु रोग भएका पीडित नागरिकहरु जिल्लाबाहिर जानुपर्ने बाध्यता थियो ।

पछिल्लोसमय स्वास्थ्यमा केही नयाँपन र सुधार भइरहेको अस्पतालमा मुटुमा जोडिएका रक्तसञ्चार नशाहरु ब्लक भएको समस्यालाई हात वा खुट्टाको नशाबाट प्रविधि हालेर मुुटुमा रहेका ब्लक भएका नशालाई खुलाउन जाली राख्ने प्रक्रिया (एन्जियोप्लाष्टी) गर्ने काम सोमबार (आज) सफल भएको अस्पतालका वरिष्ठ मुुटु रोग डाक्टर रोसन घिमिरेले बताए ।

उनले भने, म बुटवल आएपछि हालसम्म यो सेवा दिन खोजेपनि गर्न पाएको थिएन, ढिलै भएपनि आज पूरा गरेर छाडे । खुसी छु । डाक्टर घिमिरेले गरेको यो सेवा लुम्बिनी प्रादेशिक अस्पतालको लागि नयाँ सेवा मानिएको छ ।