दलीय भागबण्डा हावी, कान्तिले पाएन एक वर्षसम्म विद्यालय व्यवस्था समिति

श्यामलाल पोखरेल
बुटवल, चैत ५ गते । पढाईमा अब्बल मानिने बुटवलको कान्ति माध्यमिक विद्यालय एक शैक्षिक सत्र विद्यालय व्यवस्थापन समितिविहिन बन्यो । एक वर्षसम्म विद्यालय व्यवस्थापन समिति नहुंदा स्कुलको पढाई नै प्रभावित भयो । राजनीतिक खिचातानीका कारण विद्यालयमा व्यवस्थापन समिति गठन हुन नसकेको हो ।

२०८० बैशाख २ गते विद्यालय व्यवस्थापन समितिको समय सकिएको थियो । व्यवस्थापन समितिको समय सकिएपछि पटक–पटक विद्यालय व्यवस्थापन समिति गठन गर्ने प्रयास गरियो । कांगे्रस र एमालेका कारण कान्ति माविले एक शैक्षिक सत्र विद्यालय व्यवस्थापन समिति पाएन । जसले गर्दा विद्याथीर्को पढाई प्रभावित बन्यो ।

स्कुलमा व्यवस्थापन समिति नहुंदा शिक्षहरु नियुक्त गर्न समस्या भएपछि विद्यार्थीलाई एक शैक्षि सत्रभरी आलटाल गरेर दिन बिताईयो । पुरा सरहरु नहुंदा भनेजस्तो पढाई नभएको कक्षा ९ मा परीक्षा दिएका विद्यार्थी प्रविन पोखरेलले बताए । पुरानो विद्यालय व्यवस्थापन समितिको समय सकिएपछि नयां समिति गठन गर्ने बेला कांगे्रस र एमालेले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दाबी गरेपछि विद्यालय व्यवस्थापन समितिविहिन बनेको हो ।

विद्यालय व्यवस्थापन समिति नहुंदा विद्यालयलाई आवश्यक पर्ने पर्ने २५ जना शिक्षकको दरवन्दी खाली रहेको विद्यालयका प्रध्याध्यापक गोविन्द ज्ञवालीले बताए । प्रध्यानाध्यापक गोविन्द ज्ञवालीका अनुसार विद्यालय व्यवस्थापन समिति नहुंदा पठन– पाठनमा एक वर्ष समस्या भयो ।

शिक्षकहरु दरबन्दी गर्न नसकिएपछि अहिले १२ जना शिक्षकलाई मासिक ज्यालादारीमा राखेर र शिक्षकहरुलाई धेरै पिरेड पढाउन लगाएर जनतन विद्यालय चलाईएको प्रध्यानाध्यापक गोविन्द ज्ञवालीले बताए । २०८० चैत्रमा ६ जना शिक्षकका लागि विज्ञापन गरिएपनि अव्यवस्थापन समिति नहुंदा विद्यालयले जांच लिन सकेको थिएन । पठन पाठनका हिसाबले देशभरमा नाम चलेको विद्यालय कांगे्रस र एमालले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा राजनीति गर्दा कान्तिमा कन्तबिजोग भयो ।

पुरानो. शैक्षिक सत्र सकिनै लाग्दा र नयां शैक्षिक सत्र शुरु हुने बेला २०८१ चैत ३ गते आइतबार राजनीतिक दलका स्थानीय नेताहरु विद्यालय व्यवस्थापन समिति गठनका लागि बसेको बैठक बसेका थिए । तर भागबण्डा नमिल्दा बैठक निष्र्कषविहिन भएको बैठकमा सहभागी नारायण नागिलाले बताए ।

उक्त बैठकमा एमालेका टंक पराजुली, कांगे्रसका ज्योति भण्डारी, माओवादी केन्द्रका महेन्द्र भुसाल, एकीकृत समाजवादीका बवर ओली, विप्लव निकट नेकपाका शरद वली, राष्ट्रिय स्वतन्त्र पार्टीका भट्टराई थर गरेका एक स्थानीय नेता, सामाजिक अभियान्ता तथा नेपाल ससमाजवादी पार्टीका प्रतिनिधि नारायण नागिला, वडा नम्बर ४ का वडाध्यक्ष नरिश्वर पौडेल र विद्यालयका प्रध्यानध्यापक गोविन्द ज्ञवालीको सहभागिता रहेको थियो ।  बैठकमा पनि अध्यक्षका लागि एमाले र कांगे्रसले दाबी गरेपछि बैठक निष्कर्षविहिन भएको बैठकमा सहभागी नारायण नागिलाले जानकारी गराए ।

विद्यालय व्यवस्थापन समिति गठन गर्नका लागि ३२ जनाले मनोनयन दर्तासमेत गरेका थिए । निर्वाचनको मिती नतोकी मनोनयन गरेर विद्यालयलाई झनै दुषित बनाईएको छ । विद्यालय व्यवस्थापन समितिको निर्वाचन गर्ने भनेर प्रतिव्यक्ती एक हजारसमेत उठाईएको थियो ।
चालु शैक्षिक सत्रको परीक्षा यही चैत ४ गते सोमबार सकिएको छ । किनकी ४ गतेदेखि विद्यार्थीको परीक्षा सकिएको छ ।

पुरै एक शैक्षिक सत्रमा विद्यालय विद्यालय व्यवस्थापन समितिविहिन हुंदापनि राजनीतिक दलहरुले विद्यार्थीको भविष्यमाथि खेलवाड गरे । कान्ति माविले कहिले व्यवस्थापन समिति पाउंछ भन्ने अनिश्चित बनेको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा एक अर्काले दाबी गर्दै आएका एमाले र कांगे्रसले कान्ति मावि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष एमालेलाई र नविन औद्योगिक कद्वरबहादुर रिता माविकोे विद्यालय व्यवस्थापन समितिको अध्यक्ष कांगे्रसलाई बनाउने आन्तरिक सहमति गरेपनि अन्तिममा एमाले र कांगे्रस पदकै कारण मिल्न नसकेको बैठकमा सहभागी नारायण नागिलाले बताए ।

विद्यालय व्यवस्थापन समिति गठनका लागि २०८० जेठ ६ गते विद्यालयमा भेला आयोजना गरिएको थियो । विद्यालयका प्रध्यानाध्यापक गोविन्द ज्ञवालीका अनुसार भेलाबाट सहमति हुन नसकेपछि जेठ १३ गते दोस्रो भेला आयोजना गरिएपनि सहमति हुन सकेको थिएन ।

माओावादी केन्द्रले पनि अध्यक्षको दाबी गरेपनि एमाले, कांगे्रसकै कारण कान्ति माविमा विद्यालय व्यवस्थापन समिति बन्न नसकेको माओवादी केन्द्र बुटवलका अध्यष महेन्द्र भुसालले बताए । विद्यालय व्यवस्थापन समिति नहुंदा विद्यालयले विद्यालयका योजनाहरु पेश गर्न सकेन, जसले गर्दा यस वर्ष कान्ति माध्यमिक विद्यालय स्थानीय सरकारबाट पाउने भौतिक योजनाका सुविधाबाट बन्चित भएको छ ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राजनीतिक दलबीच सहमती नजुटेपछि सहजीकरणका लागि २०८० जेठ १६ गते ३ सदस्य रहेको समिति गठन गरिएको थियो । वडाध्यक्ष नरिश्वर शर्मा संयोजक, विष्णु ढकाल र टंकप्रसाद पराजुली सदस्य रहेको सहजीकरण समिति गठन गरिएको थियो ।

उक्त समितिले मिलाउन नसकेपछि फेरी वडा नम्बर ४ का वडाध्यक्ष नरिश्वर पौडेल, वडा नम्बर ३ का वडाध्यक्ष विष्णु ढकाल र वडा नम्बर ४ का पूर्व वडाध्यक्ष टंक पराजुली रहेको सहजीकरण समिति गठन गरिएपनि उक्त सहजीकरण समितिले पनि आआफ्ना दलका स्वार्थ छोड्न नसकेपछि सहमति हुन सकेको थिएन ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा एमालेका टंक पराजुली र कांगे्रसका जीवन ओझालाई अध्यक्ष बनाउने दुवै पार्टीको अडान रहेको बताईउको छ । अध्यक्षको दाबी गरे जस्तै गर्ने र केही न केही पद फुत्काउने माओवादी केन्द्र र अन्य दलहरुले दाउ खेलिरहेका छन् ।