हिन्दू विद्यापीठः दृष्टिविहिन विद्यार्थीप्रति डा.डायनाको चासो


घोराही । दृष्टिविहिन र श्रवणशक्ति नभएका विद्यार्थीहरुप्रति इङल्याण्डबाटकी बालरोग विशेषज्ञ डाक्टर डायनाले विशेष चासो देखाएकी छिन् । उनले, कान नसुन्ने ,नबोल्ने र अर्ध मानसिक भएका विद्यार्थीहरुलाई परामर्शसमेत गरेकी छिन् ।

दाङको घोराहीमा रहेको बाल मन्दिरमा बुधवार एक कार्यक्रमको आयोजना गरी बालबालिकाहरुलाई परामर्श दिइएको हो । हिन्दू विद्यापीठ नेपालको आयोजना तथा बालमन्दिरको प्रायोजनमा कार्यक्रम सम्पन्न भएको थियो ।
बालमन्दिर बिद्यालयका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नरबहादुर बुढाथोकीको सभापतित्व एवं अन्तर्राष्ट्रिय प्रबचनकर्ता चिन्तामणि योगीको प्रमुख आतिथ्यतामा र बालरोग विशेषज्ञ डाक्टर डायनाको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा योग गुरु प्रेम शाह, बिद्यालयका प्रधानाध्यापक बिष्णु भन्डारी, समाजसेवी जिबि चिन्तन, शिक्षक शिक्षिकाहरुले आफ्नो भनाई राखेका थिए ।

बिद्यालयमा अध्ययनरत बालबालिकालाई पहिलोपटक यस्तो परामर्स दिइएको विद्यालयले जनाएको छ । डा. डायनाले कान नसुन्ने र बोल्न नसक्ने बालबालिकाहरुलाई बोल्न प्रेरित गरेकी थिइन् । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षले यस्तो कार्यक्रमले बालबालिकालाई हौसला प्रदान गर्ने भन्दै प्रशंसा ब्यक्त गरिन् । कार्यक्रमको सहजीकरण हिन्दूविद्यापीठका प्रधानाध्यापक पिताम्बर रिजालले गरेको थिए ।






















