समाजवादी रुपन्देहीको १० औं अधिवेशन

बुटवल, चैत ७ गते । एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी रुपन्देहीले रुपन्देहीमका १० औ जिल्ला अधिवेशन गर्ने भएको छ । नेकपा एर्कत समाजवादी रुपन्देही १० औं जिल्ला अधिवेशनमा जुटेको छ ।

यही चैत ९ र १० गते हुने अधिवेशनबारे सो पार्टीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
२०७८ साल भदौ ९ गते एमालेबाट बिद्रोह गरी स्थापना गरिएको नेकपा एकीकृत समाजवादीले १० औं राष्ट्रिय महाधिवेशनले पारित गरेको विधान अनुसार अधिवेशन गर्ने बताएको छ ।

सोही अनुरुप रुपन्देहीमा पनि अधिवेशन गर्न लागिएको र अधिवेशनको तयारी पुरा भैसकसको नेकपा एकीकृत समाजावादी रुपन्देहीका कार्यवाहक अध्यक्ष श्रीराम यादवले जानकारी गराएका छन् । उक्त पत्रकार सम्मेलनमा पार्टीका पोलटव्यूरो सदस्य तथा रुपन्देही इन्चार्ज नन्दलाल बन्जाडेले पार्टीलाई क्रान्तिकारी धारबाट अगाडी बढाउने गरी पार्टीको नीति तथा विधान अनुसार अधिवेशनको तयारी गरिएको बताए ।
नेतृत्वमा आउन चाहनेहरू प्रतिनिधि अनिवार्य हुनुपर्ने प्रावधानलाई कार्यान्वयन गरिएको र अहिलेसम्म कसैले पनि नेतृत्वको दावी नगरेकाले सर्वसम्बत प्रयास गरिने र नभए लोकतान्त्रि अभ्यासमा जाने बताए । नेकपा एकीकृत समाजवादीले जिल्लाको पांचवटा निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरु छनोट गरिसकेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

चैत ९ गतेबाट शुरुहुने अधिवेशनमा पार्टी अध्यक्ष माधव नेपाल देश बाहिर भएकाले वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल मध्ये एकजना नेता प्रमुख अतिथिको रुपमा आउने बताईएको छ । अधिवेशनको चैत ९ गते उद्घाटन र १० गते बन्दसत्र हुनेछ । बुटवल– १३ स्थित साइनो पार्टी प्यालेसमा हुने अधिवेशनको उद्घाटनमा पार्टी अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाललगायतका नेताहरूलाई निमन्त्रण गरिएको उपसचिव टंक पोख्रेलले जानकारी दिए। अध्यक्ष नेपाल विदेश भ्रमणमा भएकाले प्रमुख अतिथिको छलफलपछि टुंगो लगाउने उनले बताए।

जिल्लाका अधिवेशनमा १ सय १ जना प्रतिनिधिहरुको सहभागिता रहने छ । अधिवेशनले ८५ जनाको जिल्ला कमिटी गठन गर्नेसमेत पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सभा सदस्य प्रदेश पूर्वमन्त्री भगवती अधिकारी, प्रदेश कमिटी सदस्य हिराध्वज शाह, एम पछाई, जिल्ला उपाध्यक्ष चिनबहादुर गुरुङल, उपसचिव टंक पोखरेल, इश्वर गुरुङ लगायतका जिल्ला नेताहरुको सहभागिता रहेको थियो ।