हतकडीसहित रविन्द्रलाई लगियो अदालत


बुटवल, चैत १७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरालाई अदालत उपस्थत गराइएको छ ।
रविन्द्र र धवलसहित ४१ जनालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराईएको हो ।मिश्र र राणासहित ११ जनालाई राज्यविरुद्धको कसुरमा पनि प्रतिवादी बनाइएको छ ।

यस्तै उनीहरुसहित ११ जना र थप ३० जनालाई आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।
काठमाण्डौमा शुक्रबार राजावादीहरुले गरेको प्रदर्शन हिंसात्मक बनेको थियो । राजावादीहरुको प्रदर्शनमा रिपोटिङमा खटिएका एभिन्यूज टेलिभिजनका फोटो पत्रकार शुरेर रजकको मृत्यु भएको हो ।
























