दुई रुपैयाँले घट्यो पेट्रोलियमको भाउ

काठमाडौँ । पेट्रोलियम पदार्थको भाउ घटेको छ । इन्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको भाउ घटाएर पठाएपछि नेपाल आयल निगम लिमिटेडले मूल्य घटाएको हो ।

नयाँ भाउअनुसार सोमबार राति १२ बजेपछि लागु हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँले घटेको छ । त्यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ७ तथा अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ५१ डलरले घटाइएको छ ।

पेट्रोल र एलपी ग्यासको खुद्रा मूल्य यथावत् राखिएको छ ।