वनलाई बाटिका बनाउने “होलटाइमर” खिमलाल


बुटवल। शंकरनगर सामुदायिक वन उपभोक्ता समितिको स्वामित्वमा रहेको केही अंश वन क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विस्तार गर्न २०६२ सालतिर सो क्षेत्रका अगुवाहरु कस्सिए । जसको नेतृत्व स्थानीय स्व.बाबुराम अर्यालले गरे, भने नेपथ्यमा महत्वपूर्ण भूमिका खेल्ने तत्कालिन समयमा वनले गठन गरेको उपसमितिको कार्यसमिति सदस्य एवं हालका उपाध्यक्ष खिमलाल पाण्डे हुन् ।

बाटिका परिकल्पनाकारको रुपमा चिनिने स्व.अर्याल औपचारिकरुपमा देखिने नेतृत्वकर्ता भएपनि वन क्षेत्र, घाँसे मैदान सँगै धुलाम्मे, हिलाम्मे र ग्राभेल सडकको परिस्थितीलाई सामाना गर्दै एकपछि अर्को पर्यटकिय संरचनाहरु थप्दै जानुपर्ने गतिशील विकासमा पाण्डे आफ्ना दैनिकी कामकाजलाई लत्याएर होलटाइमर लागे ।
१९ बर्षसम्म निरन्तर निःस्वार्थ स्थानीय क्षेत्रको विकासमा लागेका पाण्डे अहिलेसम्म बाटिकाको हाजिरी किताबमा अनुउपस्थिती भएको भेटिदैन् । २०६५ सालमा उपसमितिपछि सर्वदलिय सर्वपक्षिय समिति गठन गरियो । जसको सहसचिवमा पाण्डे नै भए । स्व.लेखनाथ ज्ञवाली सचिव रहँदै गर्दा उनको अल्पायुमै निधन भएपछि सहसचिव रहेका पाण्डेले सचिवको जिम्मेवारी ग्रहण गर्दै लामोसमय काम गरे ।

पछि संस्था दर्ताको प्रक्रिया अगाडि बढ्यो र नाम शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनबाटिका) राखियो । २०७७ सालमा वनबाटिकाको निर्वाचन भयो । उक्त निर्वाचनमा उपाध्यक्षमा होमिएका पाण्डे निर्वाचित भए । आँटिला र वनबाटिकाको उत्थानका लागि सम्बन्धित निकायसँग डटेर लाग्ने खिमलालले चिडियाखाना (प्राणी उद्यान), वाल उद्यान, वाल रेल, चिल्ड्रेन पार्क, विभिन्न संघ संस्थासँग समन्वय गरी पिकनिक सेट र शहिद पार्क जस्ता निर्माणमा योगदान दिए ।
जिल्ला दुग्ध सहकारी संघको उपाध्यक्ष, तिलोत्तमा नगरपालिका घरेलु तथा साना उद्योग कार्यालयका वरिष्ठ उपाध्यक्ष, शंकरनगर बहुमूखी क्याम्पस सञ्चालक समितिको सदस्य, सामाजिक कार्य र शाहसिक कार्य सर्प उद्धारकर्ताको रुपमा पनि उत्तिकै परिचित छन् । जस्तासुकै बिषालु सर्पलाई नियन्त्रणमा लिएर सुरक्षित स्थानमा छोडेर घर, अफिस लगायतमा भेटिएका सर्पहरुको उद्धार गरी मानवीय क्षति हुन नदिने छबि बनाएका व्यक्ति हुन् खिमलाल ।
उनै खिमलाल शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र वनबाटिकाको यही चैत्र २२ गतेको आसन्न निर्वाचनको लागि अध्यक्ष पदमा उम्मेद्धवारी दिएका छन् । वनबाटिकालाई राष्ट्रियस्तरको उद्यान बनाउन, प्राणी उद्यानलाई नेपालकै नमुना बनाउन, अन्तराष्ट्रियस्तरको पर्यटकिय गन्तव्य बनाउन, सन्ध्याकालिन उद्यानको रुपमा विस्तार गर्न, ज्येष्ठ नागरिक मिलन केन्द्रको स्थापना गर्न, स्वमिङ पुलको व्यवस्था गर्न र वनबाटिका र नगरपालिकाको करोडौं रुपैयाँ लागेको तर सञ्चालनमा आउन नसकेको तिलोत्तमा बहुउद्देश्यीय भ्यूटावरलाई सञ्चालनमा ल्याएर लगानीको सदुपयोग गर्न आफुले उम्मेदवारी दिएको अध्यक्षका उम्मेदवार खिमलाल बताउँछन् । स्वतन्त्र उम्मेदवारी दिएका उनी स्थापनाकालदेखि अनवरतरुपमा लाग्दै आएका छन् ।






















