यू–१९ विश्वकप छनोटः एस्ट्राटेकले पाएन, मूलपानीका दुई मैदान छनोटमा

काठमाडौँ । काठमाडौँमा आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगिताका खेलहरु आजदेखि शुरु भएको छ । घरेलु टोली नेपालले पहिलो खेलमा युएईसँग प्रतिस्पर्धा गरिरहेको छ ।

खेल तल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजेदेखि हुनुपर्नेमा वर्षाका कारण मैदान भिजेकाले ढिला गरी शुरु भएको हो । खेलमा यूएईले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।

नेपालले पहिले ब्याटिङ गरिरहेको छ । खेललाई ४० ओभरमा झारिएको छ । प्रतियोगितामा आयोजक घरेलु टोली नेपालसहित यूएई, ओमान, अफगानिस्तान र हङकङ सहभागी छन् । अर्को खेलमा माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमान र अफगानिस्तानले प्रतिस्पर्धा गरिरहेका छन् ।