शिक्षकहरुको आन्दोलन जारी, सरकारले सुनेन


श्यामलाल पोखरेल
बुटवल, बैशाख ३ गते । देशभरका शिक्षकहरु काठमाण्डौमा भेला भएर २०८१ चैत २० गतेदेखि सडक आन्दोलन गरिहेका छन् । २०८१ सालमा मा शुरु भएको आन्दोलन २०८२ लाग्दा पनि आफ्नो आन्दोलन जारी राखेका छन्, शिक्षकहरुले । विद्यालय शिक्ष ऐन लगायतका २२ बुंदे मागहरु राख्दै शिक्षकहरु सडक आन्दोलनमा उत्रेका हुन् । माग पुरा नभएसम्म आन्दोलन जारी राखिन्छ, कि जितिन्छ कि बित्निछ भन्दै शिक्षकहरु आन्दोलनमा होमिएको १५ दिनभयो ।

विद्यालय शिक्षक ऐनमा शिक्षकहरुका माग समावेश गरिनु पर्ने नेपाल शिक्षक महासंघले सरकारलाई लिखित पत्रसमेत बुझाएको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा विगत लामो समयदेखि आन्दोलन गर्दै आएका शिक्षकहरुले गत चैत २० गतेदेखि निर्णायक आन्दोलन गर्ने भन्दै काठमाण्डौ केन्द्रित भएका हुन् । नेपाल शिक्षक महासंघ सबै शिक्षकहरु छाता संगठन हो । सबैजसो राजनीतिक दल निकट शिक्षक संघ, संगठनहरुको समर्थनमा शिक्षकहरुले सडक आन्दोलन शुरु गरेका हुन् । 
राज्य तथा सरकारले शिक्षकहरुका माग सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने र अब कुनैपनि बाहानमा उधारो सम्झौता नगरिने नेपाल शिक्षक महासंघका केन्द्रिय अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । हजारौको संख्यामा सडकमा उत्रिएका शिक्षक, कर्मचारीहरुले काठमाण्डौको बानेश्वर, माइतीघर मण्डला, शान्ति वाटिकामा नौ दिनदेखि आन्दोलन जारी राखेका छन् । नयां वर्षको पहिलो दिनपनि शिक्षहरुले आन्दोलन रोकेनन् । सरकारले शिक्षकहरुका माग सम्बोधन गर्ने विषयमा कुनै सुनुवाई नगरेको भन्दै सरकारको कडा आलोचना गर्दै शिक्षकहरुले काठमाण्डौको सडकमा बिहानददेखि साझसम्म नाराबाजी गर्दै प्रदर्शन र सभाहरु गर्दै आएका छन् । सडक आन्दोलन गर्ने शिक्षकहरुको दैनिकी जस्तै बनेको छ ।

नेपाल शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमायां पराजुलीले देशभरका डेढ लाख शिक्षकहरु सडक आन्दोलनमा उत्रीएको र हाम्रा मागहरु पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताइन । हामिले वितमा पनि आन्दोलनमा गरेका हौ । सरकारसंग वार्तापनि गरेका हौ । माग पुरा गर्ने सहमति पनि भएको हो । तर अहिलेसम्म माग पुरा नभएकाले अब उधारो सहमति नगर्ने र माग पुरा नहुंदासम्म काठमाण्डौ नछोड्ने उनले बताइन । आन्दोलनलाई शान्तिपूर्ण र मर्यादित बनाउन नेपाल शिक्षक महासंघले ८ सय स्वयंसेवक परिचालन गरेको छ ।
गत असोज ३ गते संसद्मा शिक्षा विधेयक दर्ता भएपछि शिक्षकहरूले सडक आन्दोलन थालेका थिए। असोज ५ मा सरकार र शिक्षक महासंघसहित अन्य संघसंस्थाबीच ६ बुँदे सहमति भएपनि ऐन जारी नभएकाले पुनः आन्दोलनमा उत्रनु परेको शिक्षक पुष्कर सापकोटाले बताए । शिक्षा विद्येयक छलफलका लागि संसदको शिक्षा समितिमा रहेको छ । यो विद्ययेकलाई पूर्णता दिएर मागहरु पुरा गर्नुपर्ने शिक्षकहरुले सरकारसंग माग गरेका छन् ।
राहत शिक्षक साविक उच्च मावि शिक्षण सिकाई, अनुदान, प्राविधिक धार तथा विशेष शिक्षामा शिक्षकको कोटालाई स्वीकृत दरबन्दीमा परिणत गरी उमेरको हदबन्दी लगाउन नपाईने, नेपाल शिक्षक महासंघसंग २०८० सालमा तत्कालिन सकारका कार्यबहाक प्रधानमनत्रीसमेत रहेका गृह तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र शिक्षा मन्त्रालयका प्रतिनिधिहरुसंग भएको सहमति कार्यान्वयन गर्नुपर्ने शिक्षकहरुले बताएका छन् । २०८० सालमा सरकारसंग भएको सहमति अनुसार स्थायी गर्नुपर्ने र स्थायी हुन नसकेका शिक्षकहरुलाई गोल्डेन हेन्डसेकको व्यवस्था गर्नुपर्ने शिक्षकहरुले सरकारसंग माग गरेका छन्।
त्यस्तै फरक खालको सेवा सुविधा हुने शिक्षक कोटाहरु सिर्जना गरी गर्नुपर्ने र नयां शिक्षक दरबन्दी थप गरिनु पर्ने, तह अनुसार हरेक विद्यालयमा कर्मचारीको दरबन्दी व्यवस्था गरी महासंघसंग भएको सहमति अनुसार तह तोकी शिक्षक सेवा आयोगबाट स्थाथी गर्नुपर्नेलगायतका २२ बुंदे माग राखी शिक्षकहरु आन्दोलनमा उत्रेका हुन् । माग पुरा नहुंदासम्म परीक्षाको नतिजा पनि ननिकाल्ने र स्कुलमा पढाउन पनि नजाने भन्दै सरकारलाई चेतावनी दिएका छन् । सरकारले यथाशिघ्र माग सम्बोधन गरे रातदिन र बिदाको दिनमा पनि काम गरेर विद्यालयका सबै शैक्षिक कार्यक्रमहरु यथावत रुपमा सुचारु गर्ने शिक्षकहरुको भनाइ छ ।
शिक्षकहरुले लगातार आन्दोलन चक्राएपछि गत चैत २८ गते शिक्षा मन्त्रालयले शिक्षकहरुका प्रतिनिधि बोलाएर छलफल गरेको थियो । तर छलफल निष्र्कषविहिन भएपछि शिक्षहरुले शिक्षकहरुले झनै आन्दोलनमा सक्रियता देखाएका हुन् । शिक्षकहरुले लगातार आन्दोलनमा लागेपछि सरकारी स्कुलहरु सुनसान जस्तै भएका छन् । नयां शैक्षिक सत्र शुरु भएपनि अझै रिजल्ट प्रकाशित नहुंदा विद्यार्थी अन्यौलमा परेका छन् ।
नीजि क्षेत्रका वोर्डिङहरुमा पढाई शुरु हुंनै लाग्दा पनि सरकारी स्कुलहरुले नतिजा तथा रिजल्ट ननिकाल्दा विद्यार्थी वोर्डिङ स्कुलहरुमा जान थालेका छन् । यो विषयमा नेपाल शिक्षक महासंघ र राज्यपक्ष जवाफदेही देखिदैनन् ।
नेपाल शिक्षक महासंघले जिल्लामा रहेका शिक्षकहरुलाई काठमाण्डौ आन्दोलनमा सहभागिता जनाउन निर्दैशन गरेपछि आज जिल्ला जिल्लाबाट शिक्षकहरु काठमाण्डौको यात्राका हिंडेका छन् । शिक्षकहरुले प्लस टुको परिक्षासमेत सञ्चालन नगर्ने र कुनैपनि रिजल्टहरु प्रकाशित नगर्ने बताएका छन् ।
केही दिन यतादेखि स्थानीय पालिकाकाहरुले पनि शिषकहरुको आन्दोलनलार्य समर्थन गर्दै सरकारी विद्यालयहरु बन्द गरेका छन् । सरकार भने यस विषयमा खासै गम्भीर देखिदैन ।






















