नेकपाको स्थापना दिवस र लेनिन जयन्ती मनाइयो

बुटवल, बैशाख ९ गते । नेपाल कम्युनिष्ट पार्टीको ७७ औं स्थापना दिवस र लेनिनको १ सय ५६ औं जयन्ती मनाईएको छ । कम्युनिष्ट घटकहरुले कम्युनिष्ट पार्टीको स्थापना दिवस र लेनिन जयन्ती मनाएका छन् ।

विश्व कम्युनिष्ट पार्टीका नेता लेनिनको जन्मदिनको अवसरमा २००६ साल बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिएको थियो । निरंकुश राणाशाही विरोधी जनआन्दोलनको पूर्वसन्ध्यामा २२ अप्रिल १९४९ का दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिएको थियो ।
राणाशाही विरोधी आन्दोलनलाई सही दिशावोध गर्दै सामन्तवाद र साम्राज्यवाद विरोधी आन्दोलनलाई अगाडी बढाउन, नौलो जनवादी क्रान्तिको बाटो हुदै समाजबाद र साम्यवादी व्यवस्था स्थापना गर्ने उद्वेश्यले कम्युनिष्ट पार्टीको स्थापना गरिउको हो ।

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको अगुवाइमा स्थापना गरिएको कम्युनिष्ट पार्टीका संस्थापकहरुमा नरबहादुर कर्माचार्य, नारायण विलास जोशी, निरञ्जन गोविन्द वैद्यले नेपालमा कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । यद्यपी नपाल कम्युनिष्ट पार्टी स्थापनाको संस्थापकमा मोतिदेवी श्रेष्ठको नाम आएपनि यो नाम भने विबादित छ ।

स्थापनाकालदेखि नै राणाशाही विरोधी आन्दोलनको झण्डा उठाएको नेपाल कम्युनिष्ट पार्टीले हरेक राजनीतिक परिवर्तनमा अथक, बलिदानपूर्ण र नेतृत्वदायी मोर्चामा रहेर संघर्ष गर्दै आएको छ । २०४६ साल र २०६२÷६३ सालको लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा रहेर संघर्ष गरेका कम्युनिष्ट पार्टीहरु पटक – पटक सरकारको नेत्ृत्व गरेपनि जनताको जीविकासंग जोडिएका मुद्दाहरु र राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता र राष्ट्रियता रक्षाकाको विषयमा गम्भीर बन्दै गएको छ ।

नेकपा मसाल र राष्ट्रिय जनमोर्चाले काठमाण्डौ, बुटवल, पोखरा, बाग्लुङ, दाङ, प्यूठान, अर्घाखांची, गुलमी, पाल्पा, बांके, कपिलवस्तु, लगायतका अन्य देशका थुप्रै ठाउंमा नेपाल कम्युनिष्ट पार्टीको ७७ औं स्थापना दिवस र लेनिनको १ सय ५६ औं जयन्ती मनाएको छ ।
राष्ट्रिय जनमाृर्चाले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यष चित्रबहादुर केसीले देश र जनताले कम्युनिष्ट चाहेको उल्लेख गर्दै आफुलाई कम्युनिष्ट हु भन्नेबाटै कम्युनिष्ट आन्दोलन कमजोर भएको बताए ।

उक्त कार्यक्रममा राष्ट्रिय सभा सांसद तुलबहादुर विश्वकर्मा, कम्युनिष्ठ संग्रालयका अध्यक्ष चेतनाथ आचार्य, राष्ट्रिय जनमोर्चाका नेता बासुदेव पोखरेल, बद्रे आलम, राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष टानबहादुर केसी, गंगालाल सापकोटा लगायतले बोलेका थिए ।

त्यस्तै विप्लव नेृत्व नेकपा, माओवादी केन्द्र, एमाले, नेकपा एकीकृत समाजवादी लगायतका कम्युष्टि घटकहरुले पनि आआफ्नै ढंगले मंगलबार नेपाल कम्युनिष्ट पार्टीको ७७ औं स्थापना दिवस र लेनिनको १ सय ५६ औं जयन्ती मनाएका छन् ।