एशोदा समाज सेवाले विद्यार्थीलाई बाड्यो शैक्षिक सामाग्री


श्यामलाल पोखरेल
बुटवल, बैशाख ९ गते । एशोदा समाज सेवा तिलोत्तमा १२ मोहनाजोत रुपन्देहीले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । सामाजिक क्षेत्रमा काम गर्दै आएको एशोदा सेवा समाजले गरिब तथा निमुखा १२ जना विद्यार्थीलाई सोमाबार शैक्षिक समाग्री वितरण गरेको हो ।


कक्षा कोठामा विद्यार्थीलाई आवश्यक पर्ने कापी तथा बुक, झोला, कलम, पेन्सिल, इलेजर, कटर, खाने पानीका बोत्तल लगायत आवश्यक पर्ने शैक्षि सामाग्री वितरण गरिएको हो । तिलोत्तमा नगरपालिका वडा नम्बर १२ बालवालिका तथा विद्यार्थीलाई मात्रै शैक्षिक समाग्री प्रदान गरिएको हो । रियान्स पूर्वीय थारु, सपना कुवंर, सृष्टि हिस्की, लिला बराल, तुल्सी बराल, विष्णु धौधरी, योगेश कुमाल, हेमान्त धौधरी, कपिल पुन, वर्षा दर्जी, आशिष भट्टराई, प्रशंसा भट्टराई, रोहान थारुलाई शैक्षिक सामाग्री दिइएको हो । 
तिलोत्तमा वडा नम्बर १२ का १२ वटा आमासमूहको सहयोगमा शैक्षिक सामाग्री वितरण गरिएको हो । सोमबार स्थानीय सरोकारवाला, जनप्रतिनिधि र सञ्चारकर्मीहरुको सहभागितामा कार्यक्रमको आयोजना गरी शैक्षिक सामाग्री वितरण गरिएको हो । 

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर १२ की वडा सदस्य विष्णु अधिकारीले सबै विद्यार्थीलाई विद्यालयको पहुंचमा पुराउनु पर्ने बताइन । उनले आर्थिक अवस्था कमजोर भएका घरपरिवारका विद्यार्थीलाई निःशुल्क पढाउने दायित्व सरकारको र सरकारले गर्ने काम एशोदा समाज सेवाले गरेको भन्दै एशोदा समाज सेवा समितिलाई धन्यबाद ज्ञापन गरिनन् । 
एशोदा समाज सेवाकी अध्यक्ष एशोदा थापा क्षत्रीले आर्थिक अवस्था कमजोर भएका घरपरिवारका विद्यार्थीलाई शैक्षिक सामाग्रीहरु दिएर सहयोग गरेको बताइन । विद्यार्थीको पढ्न लेख्न पाउने नैसर्गिक अधिकार स्थापित गर्दिनका लागि सबैको साथ सहयोगमा विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरिएको र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शैक्षिक समाग्रीलगायत आवश्यक पर्ने अन्य सरमान सहयोग गर्दै जाने अध्यक्ष एशोदा थापा क्षेत्रीले प्रतिवद्वता जनाइन । 
आर्थिक अवस्था कमजोर भएकै कारण कोही विद्यार्थी विद्यालय जान नसकेको भए आफुलाई खबर गर्न आग्रह गरेकी एशोदा थापा क्षेत्रीले ।
धार्मिक क्षेत्रमा आस्थावान एशोदा थापा क्षेत्रीले समोमबार नै रुपन्देहकिो मणिग्राममा सञ्चालित रामचन्द्र– मैनादेवी अनाथ आश्रमको अक्षय कोषका लागि रु ५ हजार ५ नगद सहयोग गरेकी छन् ।

रामचन्द्र–मैनादेवी अनाथ आश्रम मुख्य सञ्चालक मैनादेवी भण्डारीलाई एशोदा थापा क्षेत्रीले शैक्षिक समाग्री वितरण कार्यक्रममा नगद हस्तान्त्रण गरेकी हुन् । एशोदा थापा क्षेत्रीको अध्यक्षता र रामबहादुर कुवंरको सञ्चालनमा कार्यक्रम भएको हो । 






















