देशभर बदली, पहाडी भेगमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो र रातिको मौसम पूर्वानुमान जारी गरेको छ। पूर्वानुमान अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कोशी प्रदेश लगायत देशका पहाडी भू भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। बाँकी भू भागका एक दुई स्थानमा पनि यस्तो वर्षाको सम्भावना छ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।

कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।
कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू(भागका एक(दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ।

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।