बुटवल कालिकापथको हाईटेन्सन वालभित्र गोपाल टण्डन शव भेटियो

बुटवल, बैशाख २२ गते । रुपन्देहीको बुटवलस्थित कालिका पथको होराईजन चोक नजिक हाईटेन्सन वालभित्र मोटरसाईकलसहित एक युवाको शव भेटिएको छ ।

कालिका खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अगाडि रहेको हाईटेन्सन विद्युत पोलभित्र एक जना युवाको शवसहित मोटरसाईकलसमेत भेटिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार अन्दाजी २० वर्षको जस्तो देखिने  युवाको अर्धनग्न अवस्थामा रहेको शव र मोटरसाईकल भेटिएको हो ।

प्रहरीले घटनास्थल नजिकका घरका सिसिक्यामेराहरुमा कैद भएका रेकर्ड जाच र अन्य काम गरिरहेको छ । शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको प्रहरीले बताएको छ ।

स्थानीयले उक्त युवकको शव २० वर्षिय गोपाल टण्डनको भएको स्थानीयले बताएका छन् । उक्त व्यक्ति दुई दिनदेखि घरबाट सम्पर्कविहिन रहेको बताईएको छ ।

बुटवलको कालिका पथको सडकको विचमा रहेको विद्युतको हाइटेन्स पोलमा मोटरसाइकल ठोक्किदाँ रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ स्थित शंकरनगरका २० वर्षीय गोपाल टण्डन रहेको रुपन्देही प्रहरीले बताएको छ।

प्रहरीले दिएको जानकारी अनुसार शनिबार राति लु ४८ प ३१७० नम्बरको मोटरसाइकल बुटवल ११ कालिका पथमा विद्युतको पोलमा ठोक्किँदा दुर्घटना भएको हो ।

पोलमा ठोक्किएर झाँडीमा मोटरसाइकलसँगै उछिटिएर गएका टण्डनको शव देखेर प्रहरीलाई खबर गरेपछि घटना थाहा भएको हो ।