बस्याल अटोमोमाइल्स प्रालिद्वारा बुटवलमा ट्रायम्फ मोटरसाईकल बिक्री शुरु


बुटवल, बैशाख २६ गते । बुटवलको कालिकानगरबाट ट्रायम्फ मोटरसाईकल बिक्री थालिएको छ । शुक्रबार शाखा शुभारम्भसंगै बिक्री शुरु गरिएको हो । फरक –फरक दुइ मोडलका मोटरसाईकल बिक्री गर्नेगरी बस्याल अटोमोमाइल्स प्रालिले बुटवलको कालिकानगरमा शाखा सञ्चालनमा ल्याएको हो ।

नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले २०८१ को भदौमा काठमाण्डौमा नाडा अटो शोमा यि मोटरसाईकल सार्वजनिक गरेको थियो । कम्पनीले ट्रायम्फ स्पीड ४ सय र स्क्रयाम्बलर ४ सय गरी दुई मोडलका मोटरसाइकल बिक्री गरिने कम्पनीका अध्यक्ष गोपालप्रसाद बस्यालले बताएका छन् ।
कम्पनीका अध्यक्ष गोपालप्रसाद बस्यालका अनुसार नेपाली बजारमा ट्रायम्फ स्पीड ४ सयको मूल्य ६ लाख ३४ हजार ९ सय र स्क्रयाम्बलर ४ सय एक्सको मूल्य ६ लाख ८९ हजार ९ सय रहेको छ । बजाजले भारतमा उत्पादन गरको ट्रायम्फ ४ सय सिरिज भारतबाट विभिन्न ५० भन्दा धेरै देशहरूमा निर्यात गर्र्दै आएको छ ।

कम्पनीले दिएको जानकारी अनुसार ट्रायम्फ ४ सय सिरिजमा ३९८ सीसी क्षमताको लिक्वीड कुल्ड, फोर भल्भ, सिंगल सिलिन्डर इन्जिन छ । इन्जिनले ४० हर्षपावर तथा ३७.५ एनएम टर्क जेनेरेट गर्छ । दुवै मोटरसाइकलमा ६ स्पीड गियरबक्स जडान छ । दुवै मोडलका दुवै मोटरसाईकलको समान फिचरहरु रहेको र ट्रयाक्सन कन्ट्रोल, स्लीपर क्लच, राइड वाइ वायर जस्ता अत्याधुनिक फिचरसमेत छन् । मोटरसाईकलमा ड्युल च्यानल एबीएस, मोनोसक सस्पेन्सन, सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, यूएसबी टाइप सी चार्जिङ पोर्ट, एलईडी लाइट्स, हिटेड ग्रीप, गोल्ड यूएसडी फर्क र अलोय ह्वील जस्ता फिचर यी मोटरसाइकलमा छन् ।
मोटरसाईल लन्च कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले व्यवसाय गर्नु मात्रै ठूलो विषय नभएको बताउंदै व्यवसायलाई सही ढंगले चलाएर उपभोक्तालाई सुफथ मुल्यमा समान उपलब्ध गराउने विषय ठूलो भएको बताए ।
मोटरसाईकल सुरक्षित र भरपर्दो हुनुपर्ने बताउंदै खरिदपछि उपभोक्ता तथा ग्राहकले समस्या नभोग्ने गरी यसको सर्भिस सहज रुपमा दिने व्यवस्था मिलाउन सुझाब दिए ।
नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डेयले मोटरसार्यल खरिद गर्ने ग्राहकलाई मोटरसाईकल चलाउंदा सुरक्षका हिसाबले भरपर्दो हेलमेट लगाउनु पर्छ भन्ने वियामा कम्पनीले जानकार गराउन सुझाब दिए । उनले मोटरसाईकल दुर्घटना हुंदा हेलमेट कमजोर भएका कारण धेरैले ज्यान गुमाएको स्मरण गर्दै मोटरसाईकल बिक्री गर्दा कम्पनीले टाउकोलाई सुरक्षित गराउन सक्ने खालको हेल्मेट दिनपर्नेमा जोड दिए ।
बिक्री प्रवन्धक तथा प्राविधिक सागर थापा क्षेत्रीले अन्य कम्पनीका मोटरसाईक भन्दा यो कम्पनीको माटेरसाईकल भरपरर्दो भएको उल्लेख गर्दै मोटरसाईकलप्रति बढ्दो आर्कष्ण रहेको बताए ।
उनले सुरक्षाको हिसाबले पनि राम्रो र उस्तै बलियो भएको बताउंदै प्राविधिसमेत रहेका बिक्री प्रवन्धक सागर थापा क्षेत्रीले भने – यो मोटरसाईकलको उकालो र ओरालोमा गेयर चेन्ज नगरेपनि एउटै रेशमा चल्छ ।






















