जलवायु परिवर्तन र वातावरणीय प्रभावका विषयमा छलफल

बुटवल, बैशाख २८ गते । जलवायु परिवर्तन र वातावरणीय प्रभावलाई सन्तुलनमा राख्नु पर्ने विष्य विज्ञहरुले बताएका छन् । जलवायु र वातावरणीय प्रभावलाई हलाका रुपमा लिन नहुने बताउंदै सन्तुलनको व्यवहारमा ााराख्नुपर्नेमा जोड दिएका छन् । जलवायु र वातावरणीय प्रभावप्रति हरेक नागरिकलाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।

रुपन्देहीको तिलोत्तमाको मणिग्रामस्थित रामणि बहुमुखि क्याम्पसका आइतबार आयोजित जलवायु परिवर्तन र वातावरणीय चेतना विषयक कार्यक्रममा बोल्ने विषय विज्ञहरुले भने – समाजमा वातावरणीय सचेतना जगाउनु पर्छ र हरेक व्यक्तिले सन्तुलनकारी व्यवहार नअपनाए भविश्य सहज हुदैन ।

वातावरण विद् झमबहादुर थापा र मनोज न्यौपानले मानव जातिका लागि जलवायु परिवर्तन र वातावरणको प्रभाव ठूलो रहेको बताए । क्याम्पसको स्वास्थ्य तथा वातावरण एकाईका अध्यक्ष विन्दु आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालले वर्तमान र भविष्यको सन्तुलित प्रकृतिका लागि सबैजना सचेत तथा गम्भीर हुनुपर्नेमा जोड दिए ।

क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले क्याम्पसमा पढाईसंगै व्यवहारिक पक्षको पनि छलफल र बहसको माध्यमबाट विद्यार्थीलाई जानकार गराउने कार्यक्रमहरु सञ्चालन गरिंदै आएको उनले बताए ।

उपप्राध्यापक मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको कार्यक्रममा क्याम्पसका विद्यार्थी, कर्मचारी, प्राध्यापकहरू, स्थानीय र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।