भारद्वाज गोत्रीय पोखरेलको वंशावली पुस्तक विमोचन


श्यामलाल पोखरेल
बुटवल, बैशाख ३० गते । भारद्वाज गोत्रीय पोखरेलहरुको वंशावलीबारे लेखिएको पुस्तक रुपन्देहीको सैनामैनामा विमोचन गरिएको छ ।पोखरेलहरुले पुज्ने तोर्त देउराली पूजाको अवसरमा तारु ज्योतिषी तोर्त र तोर्त देउराली पुस्तक बैशाख २९ गते सोमबार विमोचन गरिएको हो ।

उमाकान्त पोखरेलले लेखेको भारद्वाज गोत्रीय पोखरेलको वंशावली पुस्तक भारद्वाज गोत्रीय पोखरेल समाज सैनामैना रुपन्देहीको आयोजनामा विशेष कार्यक्रम आयोजना गरी विमोचन गरिएको हो । पोखरलेहरुको कुलायन मन्दिरमा विशेष कार्यक्रमको आयोजना गरी झण्डै ९० पेजको पुस्तक विमोचन गरिएको हो । भारद्वाज गोत्रीय पोखरेलहरुबारे लामो समयदेखि अध्ययन गरेर पूर्व शिक्षक उमाकान्त पोखरेलले यो पुस्तक लेखेका हुन् ।
लेखक उमाकान्त पोखरेलले पुस्तकमा भारद्वाज गोत्रीय पोखरेलहरुको बंशावलीबारे जाने बुझेसम्म यथार्तमा रहेर पुस्तक खेखेको बताए । भारद्वाज गोत्रीय पोखरेलहरुका पुर्खाहरु जन्मेको गुल्मीको धुर्कोटबाट बंशावली खोजी यो पुस्तक लेखिएको र बंशावली अझै पुरा नभएकाले खोज अनुसन्धान गरेर आगमी दिनमा फेरी पनि लेख्ने कामलाई निरन्तरता दिने बताए ।

तारु ज्योतिषी पछिको बंशावलीको विवरणसहित लेखक उमाकान्त पोखरेलले बंशावली पुस्तक लेखेका छन् । पुस्तकका लेखक उमाकान्त पोखरेलका अनुसार तारु ज्योतिषीलाई बंशावलीको प्रथम वंशपुरुष मानी वंशावली तायर गरिएको हो । ताररु ज्योतिषीसहितका ५ भाई मध्ये ४ भाईका सन्तानहरु कुनकुन र कता कता गएका हुन्, भन्ने अझै खुल्न नसकेको पुस्तकले उजागार गरेको छ ।
तारु ज्योतिष, ज्योतिष चुडामणि पाध्या, ज्योतिष शशिधर पाध्या, ज्योतिष बालानन्द पाध्या र ज्योतिष रामपति पाध्या पुर्खाहरु रहेको वंशावली पुस्तकमा लेखिएको छ । यि पांच भाईमध्ये कान्छा भाई ज्योषित रामपति पाध्याका सन्तान अहिले गुल्मीको धुर्कोमा रहेका भारद्वाज गोत्रीय पोखरेलहरु भएको पुस्तक बोलेको छ । अन्य चारभाईका सन्तान कहां गएका थिए र ति चारभाईका सन्तानहरु कहां कहां छन् भन्ने अझै एकिन हुन नसकेकाले खोज अनुसन्धान गरेर पत्ता लगाउनु पर्ने र तयसका लागि आफुले निरन्तर अध्ययन गरिहने लेखक उमाकान्त पोखरेलले बताए ।
पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि अग्रज लोकनाथ पोखरेलले समाजमा पोखरेलहरुको इतिहांस लामो रहेको उल्लेख गर्दै धुर्कोटबाट प्यूठान, अर्घाखांची, पाल्पा, लमजुङ, पोखरा,गोरखा र पूर्वी नेपालका पोखरेलहरु पनि धुर्कोटबाट गएको बताए ।
उनले सबैतिर छरिएर रहेका पोखरलेहरुको वंशावली छुट्टाएर दाजुभाईको नाता सम्बन्ध जोड्नुपर्ने लोकनाथ पोखरेलले बताए ।
जताततै छरिएर रहेका पोखरलहरुलाई एके ठाउंमा जोडनका लागि पनि यथार्तमा आधारित वंशावली उतारनु पर्ने भारद्वाज गोत्रीय पोखरेल समाजका केन्द्रिय सदस्य लक्ष्मण पोखरेलले बताए । पोखरेलहरुको वसोवास गर्दै आएको वस्तीमा पुगेर उमेरले पुराना पोखरेल अग्रजहरुसंग सोदखोज गरेर देशभरका पोखरलहरुको वंशावली बनाउनु पर्नेमा जोड दिए । 
त्रिभुवन विश्वविद्यालयका सह–प्रध्यापक लिलाबहादुर केसीले आफुहरु कान्छा पण्डित श्रीधर पुरोहितका सन्तान तथा खलक भएको चर्चा गर्दै राणाको पालामा हुकुमी साशन चल्ने र त्यही हुकुमी साशनको ठाडो निर्देशनले आफुहरुले क्षत्री र केसी लेख्नु परेको इतिहांस सुनाए ।
आफुहरु खासमा भारद्वाज गोत्रीय पोखरेल भएको बताउंदै सह– प्रध्यापक लिलाबहादुर केसीले भने – खासमा हामीहरु पोखरेल हौं । यो पुस्तक अध्यनका लागि सजिलो भएको बताउंदै आगमी साउनदेखि आफुले कान्छा पण्डित श्रीधरका खलकहरुको इतिहांस खोजेर वंशावली लेख्ने प्रतिवद्वता जनाए ।
रघुनाथ पोखरेलले हामीहरुको वंशावली नहुंदा नाता पनि हराउंदै गएको अवस्थामा उमाकान्त पोखरेलले वंशावली पुस्तकले पोखरेलहरुको पुस्ता उतार्न सकिने र अब कहांबाट कहिले कहांकहां पोखरलका पुर्खाहरु बसाई सरको भन्ने पत्ता लाग्ने र हाम्रो सही प्रकारको वंशावली लिपिवद्व गर्न यो पुस्तकले ठूलो सहयोग पुराउने बताए । 
पुस्तकका लेखक उमाकान्त पोखरेलले तारु ज्योतिषीको धुर्कोट आगमनदेखि धुर्कोटकै नयांगाउ आगमन, तारु ज्योतिषीकी बहिनी भागाको विवहा, धुर्कोटे, अर्घाली राजाको मेलमिलाप तथा सीमाना कायमको प्रसंग, तार्त देउरालीको पूजा, धार्मिक सांस्कृतिक परम्परा र जैसिथोकका पुजेरीखल लगायत वंशावलीको विवरण लेखक उमाकान्त पोखरेलले पुस्तकमा लेखेका छन् ।
धुर्कोटबाट बसाई सरसाई गरी रुपन्देहीको बुटवल, सैनामैना लगायतका जिल्लाका विभिन्न ठाउंमा छरिएर रहेका भारद्वाज गोत्रीय पोखरेलहरुले रुपन्देही सैनामैना १ मा २०७६ सालमा कुलायन मन्दिर बनाएर पोखरेलहरुको आफ्नो धर्म, संस्कार मान्ने गरेका छन् ।
भारद्वाज गोत्रीय पोखरेलहरु एक ठाउंमा जमघट गर्ने मनसायले कुलायन मन्दिर बनाएर बनाईएको र अहिलेसम्म धेरै पोखरेलहरुसंग जोडिनका लागि कुलायन मन्दिरले महत्वपूर्ण काम गरेको भारद्वाज गोत्रीय पोखरेल समाज सैनामैना रुपन्देही अध्यक्ष यश्वर पोखरेलले बताए ।
भारद्वाज गोत्रीय पोखरेल समाज सैनामैना रुपन्देहीका अध्यक्ष इश्वर पोखरेलको अध्यक्षता, महेन्द्र पोखरेलको स्वागत र पवन पोखरेलको स्वागतमा पुस्तक विमोचन कार्यक्रम भएको थियो ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










