लुम्बिनीको गुरुयोजना ४७ वर्षमा पनि पुरा भएन

बुटवल, बैशाख ३० गते । बुद्धको जन्मस्थल लुम्बिनीको बृहत विकास गर्नका लागि लुम्बिनी गुरुयोजना तत्कालिन राजा महेन्द्रको पालामा शुरु भएको हो । २०३५ सालमा शुरु भएको गुरु योजना अझै पुरा नहुंदा सरकार र लुम्बिनी विकास कोषमाथि प्रश्न चिन्ह खडा भएको छ । संयुक्त राष्ट्र संघको पहलमा बौद्ध तीर्थस्थल र पर्यटकीय केन्द्रको रुपमा लुम्बिनीलाई विकास गर्ने गरी गुरु योजना बनाइृउको थियो ।

संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उथान्तले २३ अप्रिल सन् १९६७ मा लुम्बिनी भ्रमणकोक्रममा लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गर्ने गरी गुरुयोजना बनाएर तत्कालिन राजा महेन्द्रसमक्ष तत्कालीन राजा महेन्द्रसमक्ष पेश गरेका थिए । लुम्बिनीको गुरु योजनाको काम १७ वर्षमा सम्पन्न गर्ने गरी बनाइएको थियो ।

गुरु योजना बनाउंदा सन् १९९५ सम्पन्न गर्नुपर्ने थियो । तर अहिलेसम्म पनि गूरु योजना पुरा नहुंदा अअहिले सम्म्का सरकार र लुम्बिनी विकास कोषप्रति चौतर्फी रुपमा आलोचाना भैरहेको छ । जति आलो चना र बिरोध गरिएपनि सरकार सञ्चालकहरुले गुरु योजना पुरा गर्ने प्रतिवद्वता जनाउने मात्रै गरेका छन् । काम पुरा हुन सकेको छैन । जसले गर्दा लुम्बिनीको विकासले पूर्णता पाएको छैन ।

सरकार परिवर्तनको असर र बजेटको अभावका कारण गुरु योजनाका कामले पूर्णता पाउन नसकेको भन्दै लुम्बिनी विकास कोषका पदाधिकारीहरु पन्छिदै आएका छन् । लुम्बिनी विकास कोषका पदाधिकारीहरुले बजेटको अभाव बताउंदै आएपनि प्रधानमन्त्री र अर्थमन्त्रीहरुले बजेटको अभावले लुम्बिनीको गुरु योजनाको काम नरोकिने भन्दै जनताको आंखामा छारो हाल्दै आएका छन् ।

लुम्बिनी गुरुयोजनाको काम पछिल्लो ६ वर्षमा जम्मा ५ प्रतिशतले अगाडी बढेको देखिन्छ । झण्डै ३० प्रतिशत पुरानो काम बांकी रहंदा गुरुयोजना नै पुरानौ भैसकेकाले समयको माग अनुसारको नयां गूरुयोजना बनाउन सरकारसंग माग गरिएको छ। राष्ट्रिय, अन्तर्राष्ट्रिय बौद्ध संस्कृतिका जीवन्त परम्परा झल्काउने, ऐतिहासिक, सांस्कृतिक, पूरातात्विक र धार्मिक महत्वको संरक्षण गरी लुम्बिनीलाई अन्तर्राष्ट्रिय मापदण्डको पवित्र तीर्थस्थल बनाउने लुम्बिनी गुरुयोजनाको लक्ष्य उद्वेश्य छ ।

तत्कालिन राजा महेन्द्रको पालामा बनेको लुम्बिनीको गुरुयोजनाको काम गर्दा हाल गणतन्त्रको पालासम्म झण्डै ७ अर्ब रुपैया खर्च भैसकेको लुम्बिनी विकस कोषका सदस्यसचिव सानुराजा शाक्यले जानकारी गराएका छन् ।

१७ वर्षमा काम सम्पन्न गर्ने गुरुयोज बनेपनि ४७ वर्ष पुग्दा बल्ल ७० प्रतिशत काम भएको छ । लामो समयसम्म पनि गुरुयोजना पुरा नभएपछि लुम्बिनीको गुरुयोजनाको कामप्रति चौतर्फी रुपमा चासो देखाउन थालिएको छ ।