तिलोत्तमा किसानलाई २० हजारदेखि १२ लाखसम्म अनुदान

श्यामलाल पोखरेल
बुटवल, जेठ ५ गते । विकासका कामदेखि सरसफाई, मानवमुक्त सडकदेखि हरेक कामले नाम कमाएको रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ । कृषिबाट नगरलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित किसनालाई प्रोत्सान गर्ने गरी २० हजारदेखि १२ लाखसम्म अनुदान दिने गरेकोछ, तिलोत्तमा नगरपालिकाले ।

कृषि उत्पादनका लागि उर्भरभूमि तिलोत्तमा खाद्यान्न वालिका लागि आत्मनिर्भर मानिन्छ । प्राङगारिक तरकारी प्रवद्र्वनका लागि रासायनिक मल न्यूनिकरण गरेर १० कठ्ठा जमिनमा तरकारी खेती गर्ने किसनालाई ५० प्रतिशत अनुदान दिने गरिएको कृषि शाखा प्रमुख दोमला भुसालले जानकारी गराए ।

कृषि शाखा प्रमुख भुसालका अनुसार तिलोत्तमा नगर सरकारले साना कृषि औजार खरिदका लागि ५० प्रतिशत अनुदान दिने गरेको छ । साना ठूला किसानहरुलाई प्रोत्सान गर्ने गरी कार्यक्रम ल्याएको छ । कृषिका लागि मौसमी र बेमैसमी दुवै खेती राम्रोसंग उत्पादन हुने तिलोत्तममा अहिले २ सय ५० वटा कृषक समूह छन् ।

तिलोत्तमा नगर क्षेत्रमा खाद्यान्न वाली अन्तरगत धान खेती ६ हजार ८ सय ४ हेक्टर क्षेत्रफलमा हुने गर्द छ । गहुवाली २ हजार ७ सय १ हेक्टर र मकै वाली ९ सय ८० हेक्टर खेती हुने कृषि शाखा प्रमुख दोमलाल भसालले जानकारी गराए । कृषि शाखा प्रमुख भुसालका अनुसार ३ हजार ५० हेक्टर क्षेत्रफको जमिनमा तरकारी खेती हुने गरेको छ । जसमा १२ सय ५० हेक्टरमा वर्षे तरकारी खेती र १८ सहय हेक्टरमा हिउंदे तरकारी खेती हुने गर्दछ । तिलोत्तमा नगरपालिकाको कृषि शाखाको तथ्यांक अनुसार तिलोत्तममा ६० प्रतिशत बढी क्षेत्रमा हिउंदमा पनि सिंचाई हुने गर्दछ ।

त्यस्तै तिलोत्तममा नगरपालिकाले आर्थिक वर्ष २०७६–२०७७ सालदेखि दुध उत्पादक किसानहरुलाई पनि अनुदान दिने गरेको छ । आर्थिक वर्ष २०८० – २०८१ दुध उत्पादन गरेर विक्री गरेका किसानहरुलाई नगरपालिकाले प्रति लिटर दुधको २ रुपैयांका दरले अनुदान दिएको छ ।
तिलोत्तमा नगरपालिकाले १९ वटा सहकारी मार्फत २ हजार ६२ जना किसानलाई ३१ लाख २४ हजार ५ सय ८१ लिटर दुधको विभिन्न १९ वटा सहकारीहरुको माध्मबाट दुग्ध किसानलाई प्रति लिटर २ रुपैयांका दरले ६२ लाख ४९ हजार १ सय ६२ रुपैंया तिरण गरिएको छ ।

नगरपालिकाले आईतबार १० वटा सहकारीका अध्यक्ष तथा प्रतिनिधि, कृषि तथा पशुपालन क्षेत्रका विज्ञ, सञ्चारकर्मी र सरोकारवालाहरुको सहभागितामा तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खांण र उपमेयर जागेश्वरी चौधरीले उक्त रकम हस्तान्त्रण गरेका हुन् । किसनाहरुले सहकारीबाट प्रति लिटर २ रुपैंयाका दरले पाउने छन् ।

कृषि उत्पादनलाई बढाएर नगरलाई आत्मनिर्भर गराउने गरी सबै क्षेत्रका किसानहरुलाई आवश्यक अनुसार सहयोग पुराउने तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खांणले बताए । हरेक क्षेत्रमा आशार र सम्भावना बोकेको तिलोत्तमालाई कृषिमा पूर्ण आत्मनिर्भर बनाउने गरी कृषि कार्यक्रमहरु सञ्चालन गरिएको उनले बताए । कृषि तथा पशुपालनबाट समग्र देशलाई आत्मनिर्भर बनाउनु पर्ने बताउंदै उनले भने– तिलोत्तमा यो काम शुरु गरेको छ । यसलाई हामिले निरन्तरता दिन्छौ र आत्मर्निभर बनाउछौ । अब कृषिलाई प्रविधिमैत्री बनाउनु पर्छ उनले भने ।

उपप्रमुख जागेश्वरी चौधरीले नगरलाई कृषिमा आत्मनिर्भर गराउनु पर्ने र त्यसका लागि सबैको साथ सहयोग चाहिने बताइन ।
कृषिलाई प्राथमिकता दिएको तिलोत्तमा नगरपालिकाले सिंचाईका लागि विशेष चासो दिंदै आएको छ । सिंचाई डिभिजन कार्यालयले मटरको माध्यमबाट सिंचाईका लागि किसानहरुलाई सहयोग गरेको छ । तर सबै भन्दा भरपर्दो पुस्तौ पुस्तादेखि सिंचाई गरिने तिनाउ नदीको नहरबाटै कुलोमा पानी कम आउन थालेपछि तिलोत्तमाको अधिकांस ठाउंमा मटरको प्रयोग गरी जमिन मूनिको पानीबाट किसानहरुले सिंचाई गर्न थालेका छन् ।

मानव वस्ती बढेपछि भएको उत्पादमूलक कृषि गर्ने जमिन खण्डहर हुंदै गएपछि तिलोत्तमाको खेती हुने धेरैजसो ठाउं शहर बजार जस्तै बनेको छ । मानवीय बस्ती र भौतिक विकासले फड्को मारेपनि तिलोत्तमाको खेतीयोग्य जमिन घड्दै गएको छ । रुपन्देहीबाटै र रुपन्देही बारिबाट बसाई सराई गरेर आउनेहरुको संख्या बढ्दै जांदा तिलोत्तमाको खेतीयोग्य जमिन घडेरीका रुपमा विक्री भएपछि खाद्यान्न वाली लगाउने तथा खेतीगर्ने जमिनको क्षेत्रफल घटदै गएको छ ।

घडेरीका लागि जग्गा प्लटिङ भएपछि कृषियोग्य जमिन घटेपनि बांकी रहेको जमिनमा हुने कृषि उत्पादनले तिलोत्तमालाई आत्मनिर्भर बनाउन सकिने नगरपालिकाले बताएको छ ।