बुटवलमा पूर्वपतिले गरे पूर्वपत्नी र दुई छोरीको हत्या

बुटवल, जेठ १४ गते । आफ्नै दाईको हत्या गरेका सुजन कोइरालाले आफ्नै पूर्वपत्नी र दुई बच्चाको हत्या गरेका छन् । केही वर्ष अघि आफ्नै दाईको हत्या गरेर जेल बसेका सुजन कोइरालाले संविधान दिवसको अवसरमा माफी पाएपछि जेलमुक्त भएका थिए ।

कोइरालाले बुधबार बिहान बुटवल कालिकानगर होराईजनचोकस्थित मिलिजुली पथमा रहेको आफ्नै निवासमा पूर्वपत्नीलाई बोलाएर पूर्व पत्नीसहित दुई बच्चाको विभत्स हत्या गरेका छन् । एकै परिवारका तीन जनाको सुजन कोइरालाले हत्या गरेको प्रहरीले पुष्टि गरेको छ ।

सुजन कोइरालाले आफन्तलाई मार्ने सम्मको धम्की दिएकापछि उनलाई भेट्न गएको बेला ३१ वर्षीया दिपा बस्याल ढकाल र उनका ७ वर्षीया स्नेहा ढकाल र ४ वर्षीया छोरी हिमानीको विभत्स हत्या गरेका हुन् ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाले सुजन कोइरालाले आमा र दुई नाबालक छोरीहरुलाई घरेलु हतियार प्रयोग गरी हत्या गरेको पुष्टि गरेका छन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३२ वर्षका सुजन कोइरालालाई नियन्त्रणमा लिएर कारवाही प्रकिया बढाएको छ।

सुजन कोइरालासंग दिपाको सम्बन्ध विच्छेद भएपछि उनले पाल्पाका शंकर ढकालसंग दोस्रो विवहा गरेको स्थानीय तथा आफन्तहरुले बताएका छन् । स्थानीयका अनुसार दिपाका दुई छोरी शंकर ढकालका थिए । स्वास्थ्यकर्मी दिपा स्वासथ्यकर्मी थिइन । उनका श्रीमान शंकर ढकाल हाल रोजगारीका लागि विदेशमा छन् ।

दिपा आफन्तको विवाहमा आफ्ना दुई छोरीसहित बुटवल आएको थाहा पाएपछि पूर्वपति कोइरालाले आफ्नै घरमा भेट्नका लागि दबाब दिएर बोलाएको खुलेको छ । सुजनको घरमा सुजनसहित दिपा र उनकी दुई छोरीहहरुले मंगलबार राती खाना खाएर सुतेका थिए । सुतेकै अवस्थामा बुधबार विहान सुजनले उनीहरुको घरेलु हतिायर प्रयोग गरेर विभत्स रुपमा हत्या गरेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार सुजन कोइरालाले दुई छोरीहरुको चक्कुले घांटी रेटेर हत्या गरेका थिए । पूर्व पत्नी दिपालाई हथौडाले टाउकोमा हानेर गम्भीर घाईते बनाएपछि घाटी रेटेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

सुजन कोइरालाले १० वर्ष अघि आफ्नै माइल दाईको हत्या गरेका थिए । दाईको हत्या गरेपछि दिपाले सुजन कोइरालासंग समबन्ध विच्छेद गरेको आफन्तहरुले बताएका छन् । दाईको हत्या गरेपछि सुजन आठ वर्ष जेल बसेका थिए ।