कान्तिलोकपथ अवरुद्ध

काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका ८, भऱ्याङडाँडामा ढुङ्गासहितको सुक्खा पहिरो खसेपछि कान्तिलोकपथ अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार आज बिहान ३ बजे खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो।

अवरुद्ध सडक सञ्चालनका लागि सडक विभागसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।