न्यायलयमा राजनीतिक भागवण्डा – चित्रबहादुर केसी

बुटवल, मंसिर २१ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले न्यायलयमा राजनीतिक भागवण्डा भएको बताएका छन् । न्यायलयामा भएको राजनीतिक भाग बण्डाका कारण अहिले देशको न्याय क्षेत्रमा बेथिति देखिएको अध्यक्ष केसीको भनाइ छ । एमाले, कांगे्रस, माओवादी र मधेशवादीले न्यायलयमा भागवण्डा गरेको अध्यक्ष केसीको दावी छ ।

राष्ट्रिय जनमोर्चा सैनामैना नगरपालिका रुपन्देहीको मंगलबार मुर्गियामा आयोजित भेलामा बोल्दै न्यायलयामा राजनीतिक भागवण्डा गर्ननहुने बताउनुभयो। पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केसीले न्याय सेवा वा लोकसेवाको प्रकृया पुरा गरेर मात्र न्यायलयमा न्यायधिश न्युक्ति गर्नुपर्ने केसीको तर्क छ ।

अहिलेका प्रधानन्याधीशलाई न्यायधीशमा ल्यांउदा नै गलत भएको उल्लेख गर्दै त्यसको बिरोध राष्ट्रिय जनमोर्चाले संसदमा बिरोध गरेको स्मरण गरे ।  चोलेन्द्रलाई न्याधीशमा लैजान हन्न भनेर संसदमा बिरोध गर्दा आफु एक्लो परेको बताए ।

देश राम्रोसंग चल्न नसकेको बताउंदै देशको शासनसत्ता चलाउनेहरुको नियत खराब हुंदा देश र जनताले समस्या भोग्नुपरेको पूर्वउपप्रधानमन्ीसमेत रहेका नेता केसीको भनाइ छ ।

छिटोछिटो सरकार गिर्दा देशलाई नोक्सान भएको बताउंदै झण्डै दुई तिहाईको सरकारको नेतृत्व गरेको केपी ओलीले संसद विघटनको बाटो समाउंदा देश संकटमा फसेको दावी गर्नुभयो । उनले  कांगे्रस राम्रो र ठिक भएर गठबन्दन गरिएको होइन भन्दे उनले भने ओलीको संसद विघटन गर्ने प्रतिगामी कदमका बिरुद्व कांगे्रसले साथ दिएकाले अहिले कांगे्रससंग प्रतिगमनका बिरुद्व गठबन्दन भएको र यो छेडिकको लागि हुने अध्यक्ष केसीको भनाइ छ ।  एमसीसी परियोजना र संघीयता नेपाल र नेपालीको हित बिपरित भएकाले खारेज गर्नुको अर्को कुनै विकल्प नभएको अध्यक्ष चित्रबहादुर केसीको भनाइ छ ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष बद्रे आलम, सचिव टानबहादुर केसी, अखिल नेपाल टे«य युनियन महासंघका अध्यक्ष लोकराज भुसाल, दलबहादुर मल्ल, साहित्यकार शारदा पाण्डे लगायतले बोल्दै राष्ट्रिय, जनतन्त्र र जनजीविका मुद्वाहरु कमजोर भएकाले जनतालाई राजनीतिक रुपमा सचेत बनाउनु पर्नेमा जोड दिए ।

लालबहादुर केसीको अध्यक्षता, गणेश गौतमको सञ्चालनमा कार्यक्रम भएको थियो । यस्तै राष्ट्रिय जनमोर्चाको सैनामैनाको मुर्गियामा मंगलबार एमसीसीका बिरुद्वका सभा गरेको छ । उक्त सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी नेपालको लागि घातक भएकाले यसका बिरुद्व नेपाली जनतालाई सचेत गराउनु पर्ने बताए । प्रधानमन्त्री देउवाले एमसीसी पास गराए सरकार ढल्ने दावी गर्दै बहुसंख्यक जनता एमसीसीका बिरुद्व उभिएको बताउंदै संसदबाटएमसीसी पास गरिए कुनैपनि शक्तिले त्यसका बिरुद्वको आन्दोलन थेग्न नसकने अध्यक्ष केसीको दावी छ । शुरुदेखि संघीयताको विपक्षमा उभिएको दल राष्ट्रिय जनमोर्चाका अध्यष चित्रबहादुर केसीले व्यवहारमा संघीयता असफल भैसकेको बताए । उक्त एमसीसी बिरुद्वको सभामा राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष बद्रे आलम, टानबहादुर केसी, गणेश गौतम, लालबहादुर केसी लगायतले बोलेका थिए ।