पेट्रोलियम ब्यवसायीलाई कारोवार सुरक्षा, गुणस्तर, परिमाणबारे प्रशिक्षण


बुटवल, जेठ १८ गते । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसन बुटवल रुपन्देहीले एसोसिएसनमा आवद्ध ब्यवसायीलाई पेट्रोलियम कारोवारमा सुरक्षा, गुणस्तर, परिमाणका विषयमा प्रशिक्षण दिएको छ ।

लुम्बिनीका रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वी रुकुम र बाग्लुङमा पेट्रोलियम पदार्थको बिक्रीवितरण र ब्यास्थापन गर्दै आएको एसोसिएसनले बार्षिक कार्ययोजना अनुसार ब्यासायीलाइ क्षमता अभिबृद्दी गर्ने उद्देश्यले प्रशिक्षण दिइएको हो ।
प्रशिक्षण उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन लुम्बिनी प्रदेश संयोजक प्रेम न्यौपानेले समयको माग तथा गतिसंगै पेट्रोलियम ब्यवसायलाई मर्यादित र व्यवस्थित गर्नुपर्ने बताए । प्रविधिको विकासंगै होम्रो व्यवसायमा सुरक्षाको चुनौती पनि थपिएकाले प्रबिधिको ब्यवस्थापन र चुनौतिको सामनाका लागि समसय समयमा प्रशिक्षण तथा तालिमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष हिमाल गैरेले ब्यवसायीको क्षमता अभिबृद्दी गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको भन्दै मर्यादित रुपमा ब्यवसाय सन्चालन गर्न आग्रह गरेका छन् ।
अध्यक्ष गैरेले सरकारी निकायबाट आउने कर्मचारीले ब्यवसायीको अनुगमन होइन ब्यवसायीले कर्मचारीको अनुगमन गर्ने गरी ब्यवसाय संचालन गर्नुपर्नेमा जोड दिंदै भने हरेक व्यवसायीको हितमा पेट्रोलियम डिलर्स एसोसिएसन यस्ता प्रकारका प्रशिक्षण र तालिमहरु सञ्चालन गर्दै आएको छ ।
गुणस्तर तथा नापतौल कार्यालय बुटवलका प्रमुख तिलक केसीले सहजिकरण गर्दै मेरो ब्यवसाय ठिक छ कि छैन भनेर ब्यवसायी आफसंग डराउन र अरुसंग नडराउन आग्रह गरे । सुरक्षा र गुणस्तरको जिम्मेवारी ब्यवसायीको हो भन्दै हरेक व्यवसायी आफ्नोे व्यवसायप्रति इमान्दार र निष्ठावान हुनुपर्छ भने । ब्यवसायीले सरकारी निकाय र उपभोक्ताले ब्यवसायीको अनुगमन गर्ने परिपाटिको बिकास गर्न जरुरी रहेको उल्लेख गर्दै उनले भने – व्यवसायलाई मर्यादित र व्यवस्थित गरी उपभोक्ताको हितमा सधै जिम्मेवार बन्नु पर्छ । अहिलेको युग प्रतिष्प्रधा र क्षमताको युग भएकाले कुनैपनि ब्यवसाय लेनदेन र मिलेमतोमा नचल्ने प्रष्ट पार्दै कर्मचारिले ब्यवसायीलाई अनावशक दुःख दिएमा तत्काल कार्यालयमा जानकारी गराउन गुणस्तर तथा नापतौल कार्यालय बुटवलका प्रमुख तिलक केसीले आग्रह गरे ।
नेपाल आयल निगम प्रादेशिक कार्यालय भलवारीका प्रमुख शैलेन्द्र भुसालले ब्यवसायको सुरक्षा र सुब्यवस्था गर्ने जिम्मेवारी ब्यवसायी भएको बताए । प्रमुख भुसालले डिजल लोड गर्ने १६० ट्यांकर क्यालिब्रेसन टावरबाट क्यालिब्रेट –नांप जाच )भएका र पेट्रोल लोड गर्ने ९० प्रतिसत ट्यांकर भलवारी टावरसंग मिलान गरिएको जानकारी गराए । उनले भलवारी डिपोमा डिजल ३० लाख ४० हजार, पेट्रोल ५ लाख १९ हजार र मट्टितेलको १ लाख ४० हजार लिटर भन्डारण क्षमता रहेको मा ६ लाख लिटर डिजल, २ लाख लिटर पेट्रोल र १२ हजार लिटर मट्टितेल दैनिक बिक्री हुने हुनेगरेको बताए ।
नेपाल आयल निगमका सुरेन्द्रसिंह बिष्ट, दिपेश लिम्बुले पनि ब्यवसायिक सुरक्षा र पेट्रोलियमको परिमाणका बिषयमा सहजिकरण गर्दै आगलागी नियन्त्रण सम्बन्धी प्रयोगात्मक विधिबारे सिकाएका थिए ।
कार्यक्रममा एसोसिएसनका केन्द्रीय सदस्य राजु न्यौपाने, दीपक भट्टराई, उपाध्यक्ष गोपाल बस्याल, ब्यवसायीहरु बिरेन्द्र यादब, बेद गिरी, बिश्नुदेव ओझा, भिश्मदेब भारी लगायतले बोल्दै प्राबिधिक कमजोरीका कारण पेट्रोलियम पदार्थको परिमाण तलमाथि पर्दा सरोकारवाला निकायले ब्यवसायीलाई हत्तोहाहित नबनाउन आग्रह गरेका छन् ।
व्यवसायीहरुबाट भएका कमीकमजोरी सुधार गर्नुपर्छ तर कहिले काही काम गर्ने दौरानमा सानो कमजोरी हुंदा पनि व्यवसायीलाई केन्द्रित गरेर टेनसन दिन नहुने बताए ।























