देवदहमा कुकुर उपचार केन्द्र सञ्चालन

बुटवल, जेठ १८ गते । रुपन्देहीको देवदहको चरंगेमा छाडा कुकुरका लागि उपचार केन्द्र सञ्चालन गरिएको छ । उक्त छाडा कुकुर उपचार केन्द्रको आइतबार उद्घाटन गरिएको छ ।

छाडा छोडिएका कुकुरहरुको विगविगी बढेको अबस्थामा यशोदा पार्वती फाउण्डेसनको सहयोगमा अल केयर नेपालको व्यवस्थापनमा उपचार केन्द्र सञ्चालन गरिएको हो । अबोध पशुहरुको सुरक्षा गरी उनीहरुको संरक्षण गर्नुपर्छ भन्ने भावनाले कुकुरका लागि उपचार केन्द्र खोलिएको हो ।

देवदह नगरपालिका वडा नम्बर १० मा सञ्चालन गरिएको कुकुर उपचार केनद्रको देवदह नगरपालिकाका नगर प्रमुख धुर्वप्रसाद खरेलले उद्घाटन गरेका हुन् । त्यस कार्यक्रममा बोल्दै नगर प्रमुख खरेलले असहाय घरपालुवा पशु कुकरहरुको उपचारका लागि उपचार केन्द्र तथा अस्पताल खोलेर यशोदा पार्वती फाउण्डेसनले समाजलाई ठूलो गुन लगाएको बताए ।

कुकुर उपचार केन्द्रको दिर्घकालिन रुपमा सञ्चालन गर्नका लागि नगरपालिकाको तर्फबाट आर्थिक, भौतिक, नैतिक सहयोग गर्ने प्रतिवद्वता जनाउंदै नगर प्रमुख खरेलले भने – ज्ञानी र र मानिसको सुरक्षासमेत दिने कुकुरहरुको अब उचित व्यवस्थापन हुने विश्वास लागेको छ । यसमा मेरो साथ सहयोग रहन्छ ।

देवदह नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष यमबहादुर सुनारले कुकुर उपचार केन्द्रलाई आवश्यक पर्ने सहयोग गर्ने बताउंदै कुकुरको संरक्षणमा व्यक्तिगत र वडा कार्यालयबाट सहयोग पुराउने बताए ।

गाइ संरक्षण अभियन्ता सोमराज ‘महाराज’ ले मानव सभ्यताको सुरुवाती कालदेखि नै कुकुर र मानिसको सम्बन्ध घनिष्ट रहेको बताउंदै कुकुर मान्छेृ भन्दा पनि विश्वासिलो प्राणी हो भने । उनले कुकुरले सुगेर जस्तो पनि थाहा पाउने भएकाले अनुसन्धामा संसारकै सेना, पुलिसले कुुकरको साहार लिने गरेको उल्लेख गर्दै कुकर जस्तो ज्ञानी पशुलाई कहिल्यै घृणा गर्न नहुने बताए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले कुकुर व्यवस्थापन र गौशाला स्थापनामा लगायतका थुपै्र सामाजिक काममा नीजि क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउंदै कुकुर उपचार केन्द्रलाई स्थायीत्व दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा यशोदा पार्वती फाउण्डेसनकी अध्यक्ष सुरन्दा मालपानी, यशोदा फुड्स प्रालिका सञ्चालक तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नरेश्वर पौडेलले सडकमा वा बजारदेखि गाउंमा छाडा छोडिएका कुकुरहरुलाई उद्वार गरेर संरक्ष गरी उनीहरुको औषधी उपचारका लागि कुकुर उपचार केन्द्र खोलिएको बताए ।

यशोदा फुड्स प्रालिका सञ्चालक चुन्नु पौडेलको अध्यक्षता र सरस्वती वस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

यशोदा पार्वती फाउण्डेसनले निर्माण गरेको कुकर व्यवस्थापन केन्द्रको कार्यक्रमका प्रमुख अतिथि देवदह नगरपालिकाका नगर प्रमुख धुर्वप्रसाद खरेलले उद्घाट गरेका छन् । त्यस्तै विरामी कुकुर बोक्नका लागि आवश्यक पर्ने एउटा एम्वुलेन्स अल केयर नेपाललाई हस्तान्त्रण गरिएको छ ।

उक्त एम्वुलेन्स यशोदा पार्वती फाउण्डेसनले खरिद गरेर अल केयर नेपाललाई हस्तान्त्रण गरेको हो ।