किसानका लागि रुपन्देहीको रोहिणीमा प्रांगारिक मल उत्पादन


श्यामलाल पोखरेल

बुटवल, जेठ १९ गते । रुपन्देहीको रोहिणीमा प्रांगारिक मल उद्योग सञ्चालन गरिएको छ । भैरहवाका उद्योगी सिद्वार्थ अग्रवाल र पुनमकुमारी अग्रवालले ३० करोड लगानी गरेर उद्योग सञ्चालनमा ल्याएका हुन् ।
एक वर्ष अघि रोहिणी गाउंपालिका वडा नम्बर ४ को कोटहवामा सञ्चालन गरिएको यो उद्योग नेपालकै ठूलो उद्योग मानिन्छ । उद्योग सञ्चालन भएको एक वर्षपछि लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यको हातबाट विधिवत उद्घाटन गरिएको छ । एक वर्ष अघिदेखि मल उत्पादन भैरहेपनि केही व्यवस्थापन गर्न बांकी रहेकाले व्यवस्थापनको पाटो पुरा भएपछि उद्घाटन गरिएको उद्योग सञ्चालक सिद्वार्थ अग्रवालले बताए ।

ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रालिबाट प्रतिदिन २ सय मेट्रिक टन मल उत्पादन गर्न सक्ने उद्योगको क्षमता भएपनि अहिले प्रतिदिन ८० टन मल उत्पादन गर्दै आएको छ ।
उद्योगले हाल रत्मन ब्राण्डको नामबाट मल उत्पादन गरिरहेको छ । ३० करोडको लगानीमा सञ्चालित उद्योगले अहिले ५० जनालाई उद्योगमै रोगारी दिएको छ । पूर्ण क्षमतामा उत्पादन शुरु हुन थालेपछि १५० जनाले प्रत्यक्ष रोजगारी पाउने सञ्चालक सिद्वार्थ अग्रवालले जानकारी गराए ।
व्यवसायिक रुपमा उत्पादन शुरु गरेको एक वर्षमै नेपालका ५० बढी जिल्लामा डेढ सय बढी स्थानका डिपोहरुबाट मल विक्री भैरहेको उद्योगकी प्रबन्ध निर्देशक पुनमकुमारी अग्रवालले बताइन । निर्देकश अग्रवालका अनुसार अहिले देशका सबै ठाउंबाट मलको माग आएको छ ।
विभिन्न प्रकारमा रासायनिक मलहरु खेतवारीमा प्रयोग गर्दा माटोमो उर्वर शक्ति नष्ट भएको र जमिन मुनिको पानीसमेत विषादी खालको भैसको अवस्थामा मानिसको विषादीरहित गास बनाउने लक्ष्यका साथ अग्रानिक मल उत्पादन गर्न लागेका हौ । माग बढ्दै जाने छ र हामीले उत्पादन पनि बढाउने छौ प्रबन्ध निर्देकश अग्रवालले बताइन ।
उद्योगकी प्रबन्ध निर्देशक पुनमकुमारी अग्रवालले कोरोना संक्रमणले आफ्नै बुबालाई गुमाएको र पति कोरोना संक्रमणमा परेर अस्पतालमा भर्ना गरेका बेला डाक्टरहरुले रासायनिक मलबाट उत्पादित खानाहरु खांदा मानिसको स्वास्थ्य विग्रिदै गएको भनेपछि प्रांगारिक मल उत्पादन गर्ने सोंच त्यसै बेला बनेकाले अहिले मल उत्पादनमा लागेको सुनाइन ।
आममानिसको स्वास्थ्यमा ध्यान दिएर अर्गानिक मल उत्पादन गरिएको र रासायनिक मलको तुलनामा सस्तो, गुणस्तरीय र भरपर्दो छ । यो मल उत्पादन गरेर आफ्नो कमाउने उद्वेश्य नरहेको बताउंदै प्रबन्ध निर्देश अग्रवालले भनिन् – कमाउन भन्दा पनि मानिसलाई स्व्स्थ्य बनाउन र माटोको उर्वर शक्ति कायम राखेर उत्पादनवृद्वि गर्नु हाम्रो प्रमुख उद्वेश्य हो । रासायनिक डिएपी मलको विकल्पमा उत्पादन गरिएको यो अर्गानिक मलले माटोको उर्वर शक्ति बढाउने र उत्पादन बढ्ने कृषि विज्ञहरुले बताएका छन् ।
सरकारले नीतिगत रुपमा प्रोत्साहन गरेमा उद्योगले दुई वर्षभित्र विदेशबाट आयत हुने रासायनिक डीएपी मलको आयात पूर्णरूपमा रोक्न सकिने र आवश्यक अनुसार उद्योगलाई दैनिक ५ सय मेट्रिक टन उत्पादन क्षमताको बनाउन सकिने उनले बताइन ।
उद्योगको अहिलेको क्षमताको आधा उत्पादन गर्दा पनि वार्षिक एक अर्बको आयात विस्थापित गरेको र थप क्षमता विस्तार गर्दा एक वर्षमा १५ अर्ब रुपैयाँ बराबरको रासायनिक मल आयातलाई रोक्न सक्ने उद्योग सञ्चालक दम्पति सिद्वार्थ अग्रवाल र पुनमकुमारी अग्रवालले बताए ।
रुपन्देहीमा प्रांगारिक मल उत्पादन हुन थालेपछि अहिले सीमावर्ती क्षेत्र भारतीय किसानले पनि यो मलको माग गरेका छन् । रासायनिक डिएपी मल भन्दा सस्तो र राम्रो भएकाले नेपाली किसानलाई प्रांगारिक मल प्रयोग गर्नुपर्छ भन्नेबारे चेतना राज्यले जगाउनु पर्ने रुपन्देही अमुवाका किसान टिकाराम अधिकारीले बताए ।
अहिले बजारमा ५० किलो रासायनिक मलको मुल्य करिब रु २४ सय छ, भने रत्मन ब्राण्डको प्रांगारिक मलको ५० किलोको मुल्य रु १५ सय तोकिएको छ । नेपालमा वार्षिक ५ लाख ३० हजार मेट्रिक टन रासायनिक मलको माग रहेको तथ्यांक छ ।
रासायनिक मल खरीदमा झण्डै ४० अर्ब रुपैयाँ खर्च गर्ने गर्दछ । तिनै तहका सरकारले प्रागांरिक मल प्रयोगलाई प्राथमिकता दिएमा रासायनिक मल आयत गर्दा वर्षेनी नेपाल बाहिर जाने अर्बौ रुपैंया नेपालमै रोक्न सकिने र किसानले सधै मलको अभावले सास्ती भोग्नु नपर्ने, अग्रगानिक उत्पादन हुने र मानिसको स्वासथ्य स्वस्थ्य हुने उद्योगकी प्रबन्ध निर्देशक अग्रवाले बताइन ।
उद्योग सञ्चालक सिद्वार्थ अग्रवालले मानव स्वास्थ्य र माटोको उर्वरा शक्ति जोगाउन सरकारले प्रांगारिक मल उत्पादन गर्ने उद्योगीहरुलाई प्रोत्सान गर्नुपर्ने र नीतिगत समस्यामा झमेला दिन नुहने बताए । मानव स्वास्थ्यसंग जोडिएका उद्योगहरु सञ्चालनका लागि मलको बजारिकरण, मेशिन तथा औजार खदिरमा भन्सार छुट र सहुलियत व्याजदरमा ऋणको व्यवस्था गर्दिन सञ्चालक अग्रवालले सरकारसंग माग गरेका छन् ।
उद्योग स्थापनाका लागि केहमी बैंकहरुले लगानी गर्न नमानेपनि बुटवलमा केन्द्रिय कार्यालय रहेको हाइन रेसुंगा बैंकले १० करोड उद्योगका नाममा ऋण दिएपछि उद्योग सञ्चालन गरिएको र अहिले सबै बैंक लगानी गर्न तयार रहेको उद्योग सञ्चालक सिद्वार्थ अग्रवालले बताए ।
उद्योग उद्घाटनपछि बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई अर्गानिक प्रदेशको रुपमा रुपान्त्रण गर्ने बताए । आगमी १० देखि १५ वर्ष भित्र प्रदेशलाई अर्गानिक प्रदेश बनाउने गरी प्रदेश सरकारले काम गरिरहेको दावी गर्दै उनले भने रासायनिक मलका कारण मानव जीवन संकटमा परेको छ ।
हामीले लुम्बिनी अन्तरगतका पर्ने तराईका ६ जिल्लामा अर्गानिक उत्पादन गर्न सहयोग गर्ने बताउंदै उद्योगलाई करमा छुट दिने र कानुनी समस्या आउन नदिने मुख्यमनत्री आचार्यले उद्योग सञ्चालकहरुलाई आश्वासन दिएका छन् ।
लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेशलाई अर्गानिक प्रदेश बनाउने भन्दै नीति तथा कार्यक्रम ल्याएको छ ।
माओवादी केन्द्रका नेता तथा पूर्व सांसदहरु घनश्याम यादव, प्रमोद यादव, रोहिणी गाउंपालिकाका अध्यक्ष विद्या यादवले देशभरका सबै किसानहरुलाइ प्रांगारिक मल प्रयोग गरेर खेतिपाती गर्न आग्रह गरेका छन् ।






















