पतञ्जली जग्गा प्रकरणःबदनियत राखेर मुद्दा चलाइयो-नेपाल


रौतहट । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूमाथि लगाइएको भ्रष्टाचारको मुद्धा बदनियतपूर्ण तरिएकाले लगाइएको भन्दै आरोप अस्वीकार गरेका छ्न् ।

बिहीबार विभिन्न कार्यक्रमका लागि गृहजिल्ला रौतहट आएका नेता नेपालले आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि पहिलोपटक सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै आफूले कुनै अनुचित काम नगरेका कारण कानूनी प्रक्रियाको सामना गर्न तयार रहेको स्पष्ट पारे ।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले आमनेपाली पतञ्जलीबाट लाभान्वित होउन् भन्ने मनसायले आफूले जग्गा उपलब्ध गराएको बताउँदै आफूविरुद्ध शुरुदेखिनै राजनीतिक जीवन समाप्त पार्ने खेल शुरु गरिएका कारणले सरकारकै निर्देशनमा बदनियत राखेर मुद्दा चलाइएको आरोप लगाए ।

नेता नेपालले अहिलेसम्म के भयो आफूलाई जानकारी नरहेकाले काठमाडौँ गएर कानून व्यवसायीसँग परामर्श गर्ने बताए ।






















