लम्बिनी प्रादेशिक अस्पतालका मेसु डाक्टर इन्द्र ढकाललाई गजेन्द्रनारयण सिंह अस्पतालमा हाजिर हुन निर्देशन
समस्यामा मेसु


बुटवल, जेठ २४ गते । बुटवलको लम्बिनी प्रादेशिक अस्पतालकाम मेसु डाक्टर इन्द्र ढकाललाई सप्तरीको गजेन्द्रनारयण सिंह अस्पतालमा हाजिर हुन स्वास्थ्य मन्त्रालयले निर्देशन गरेको छ । पदिय रुपमा विवादित मेसु ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गजेन्द्रनारयण सिंह अस्पतालमा हाजिर हुन निर्देशन गरेको हो ।

डा. ढकालको पदस्थापन २०८१ साल असार ५ गतेको निर्णय अनुसार सप्तरीको जेन्द्रनारायण अस्पतालमा गरिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । मन्त्रालयको निर्णय सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा भएपनि उनी राजनीतिक पहुंच पुराएर बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले डा. ढकाललाई तुरुन्त दरबन्दी रहेको अस्पतालमा हाजिर हुन निर्देशन दिँदै लुम्बिनी प्रादेशिक अस्पताल र लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बोधार्थ पत्र पठाएको छ । मन्त्रालयका शाखा अधिकृत बद्रीराज ढकालले जेठ २३ गते हस्ताक्षर गरेको पत्रमा स्पष्ट लेखिएको छ ।

डा. ढकाल हाल १० तहका तर केही । समयअघि प्रदेश सरकारले उनलाई ११ तहको पद रहने मेसु बनाएको थियो। यस विषयमा अदालतमा मुद्दासमेत दायर भएको थियो ।
डा. इन्द्र ढकाल सप्तरीको गजेन्द्रनारयण सिंह अस्पतालमा नभएका कारण सप्तरीको अस्पतालमा स्वास्थ्य सेवा प्रभावित भएको स्वासथ्य मनत्रालयले बताएको छ । डा. इन्द्र ढकाल कांगे्रस र एमालेलाई रिजाएर लुम्बिनी प्रादेशिक अस्पतालको मेस पदमा कार्यरत छन् ।
यो विषयमा मेसु डा. इन्द्र ढकाललाई बुझ्नका लागि पटक–पटक सम्पर्क गरिएपनि मोवाइल उठाएनन् ।






















