प्रगिगमनका बिरुद्व लड्दा नयां पार्टी बन्यो – माधव नेपाल

बुटवल, मंसिर २५ गते। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिगमनका बिरुद्व लड्दा नयां क्रान्तिकारी पार्टी निर्माण भएको बताएका छन्। आफैले बनाएको पार्टी एमालेलाई केपी ओलीले प्राइवेट कम्पनी बनाएकाले त्यसको बिरोध गर्दा नयां क्रान्तिकारी पार्टी बनाउनु परेको बताए। समाजवादी पे्रस संगठन नेपाल, रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केपी ओली र एमालेबाट कम्युनिष्ट आन्दोलनले निरन्तरता पाउन नसक्ने माधव नेपालको दावी छ ।
केपी ओलीको प्राईवेट कम्पनीबाट धेरै नेता कार्यकर्ता मुक्त हुने उल्ेख गर्दै अध्यक्ष नेपालले भने ओलीको चरित्र र व्यवहार कसैले टिछो बुझ्ने र कसैले ढिलो बुझ्ने भएकाले केही समय लाग्ला तर धेरै नेता, कार्यकर्ताले त्यो प्राईवेट कम्पनी छोड्ने छन्।कम्युनिष्ट शक्तिलाई एकतावद्व बनाउने कोशिस भैरहेको उल्लेख गर्दै एमालेसंग पार्टी एकताको सम्भावना नरहेको र नहुने बताए ।
एमाले विभाजनको क्रममा साथ नदिएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट लगायतका १० नेताहरुलाई एकृकीत समाजवादीमा स्वागत गर्न सकिने बताउंदै बिहान हराएको परिवारको सदस्य सांझ फर्कियो भने हराएको भन्न नमिल्ने तर्क छ माधव नेपालको।
उनले अहिलेको प्रधान अन्तर बिरोध दलाल नोकरशाही पूंजीबाद भएको बताउंदै समाजवादी आन्दोलनलाई अगाडी बढाउने अहिलेको आवश्यक्ता भएको बताए । अहिले देशभर एकीकृत समाजवादीमा आउने लहर चलेको बताउंदै आफ्नो पार्टी अब्वल बन्दै गएको दावी गरे। गठबन्दन सरकारले जनताको अपेक्षा अनुसार काम गर्नुपर्ने बताउंदै आफ्ना मन्त्रीलाई जनताको हितमा काम गर्न निर्देशन दिएको बताए।
गठबन्दन सरकार सरभर सबै तहका चुनावसम्म मिलेर जाने र सम्भव नभए जहासम्म मिल्न सकिन्छ त्यहांसमम मिलेर जाने माधव नेपालको भनाइ छ। समाजवादी पे्रस संगठन नेपाल, रुपन्देहीका संयोजक विनोद परियारको अध्यक्षता र पुनहरि बेल्वासेको सञ्चालनमा कार्यक्रम भएको थियो।