आर्थिक मन्दीले पर्यटन व्यवसाय संकटमा, होटल व्यवसायी संघ रुपन्देहीमा माधव

बुटवल, असार ७ गते । बुटवलका होटल तथा पर्यटन व्यवसायीले सरकारले ल्याएको पर्यटन नीति अधुरो भएको बताएका छन् । उनीहरुले सही प्रकारको व्यवसायीकमुखि पर्यटन नीति नहुंदा समस्या भोग्नु परेको गुनासो छ। होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको शनिबार बुटवलमा सम्पन्न २४ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनमा बोल्ने होटल तथा पर्यटन व्यवसायीले कोभिड १९ र अहिलेको आर्थिक मन्दीका कारण पर्यटन व्यवसाय सबै भन्दा बढी मारमा परेको बताए ।

पर्यटन व्यवसायको मुल अंग होटल व्यवसाय भएको र अहिले आर्थिक मन्दीका कारण व्यवसायीले वित्तिय संस्थाहरुको व्याज र घरभाडासम्म तिर्न नसक्ने अवस्थामा पुग्दा पनि सरकारले कुनै सहयोग नगरेको उनीहरुको साभाm भनाइ छ । आर्थिक मन्दी, चर्को घरभाडाका साथै बैंकको व्याज र दोहोरो तेहोर कर नीतिका कारण व्यवसायीहरु विस्थापित हुनेक्रम बढेको गुनासो गरे ।

उक्त कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलबाट प्रदेश राजधानी सर्दा होटल तथा अन्य व्यवसायमा धमिरो लागेको बताए । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलबाट प्रदेश राजधान सर्दा होटेल व्यवसायमा धमिरा लागेको बताएका छन् । उनले प्रदेश राजधानी सरेपनि व्यवसायीहरुको आफ्नै मेहेनत र स्थानीय सरकारको सपोटका कारण जनतन व्यवसायी धानिउको बताए ।

बुटवललाई पर्यटकीय क्षेत्रको हबको रुपमा विकास गर्न सकिने बताउंदै बुटवल उपमहानगरपालिकाले पर्यटकीय हबको रुपमा विकास गर्न नीजि क्षेत्रसंग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्वता जनाए । हरेक व्यवसायका लागि बुटवलमा सम्भावना बोकेको शहर भएको उल्लेख गर्दै प्रमुख पाण्डेयले भने – होटल तथा पर्यटन होटेल व्यवसायी आफैले पनि व्यवसाय वृद्धिका लागि चुनौतीको चिन्ता नगरी नयां सम्भावनाहरु खोज्नुपर्छ बुटवल उपमहानगरपालिका साथमा छ ।

बुटवल उपमहानगर उपप्रमुख सावित्रीदेवी अर्यालले बुटवलको पर्यटन विकासका लागि बुटवलदेखि मुक्तिनाथसम्म रहेका विभिन्न पालिकासँग भगिनी सम्बन्ध विस्तार गरिने बताइन ।
छिमेकी मुलुक भारतबाट मुक्तिनाथ जाने तीर्थयात्री तथा पर्यटकको विश्राम स्थलको रूपमा बुटवललाई विकास गर्न सकिने र त्यसका लागि बुटवल उपमहानगरपालिका व्यवसायीको साथमा छ, तपाईहरु हार नखानुस हाम्रो साथ तपाईहरुलाई छ भनिन् । स्थानीय उत्पादन केहो तयसलाई प्राथमिकता दिएर काम गर्न आग्रह गर्दै उनले भनिन्– कृषि र पर्यटन आर्थिक सम्वृद्विको आधार हो ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका सस्थापक अध्यक्ष माधव नेपालले पर्यटन व्यवसाय मुलुकको सम्वृद्विको आधार भएको बताउंदै यो व्यवसायप्रति व्यवसायी इमान्दार हुनुपर्ने र तीनै तहका सरकारले व्यवसायीका समस्या बुझ्न जरुरी रहेको बताए ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देही अध्यक्ष लेखनाथ भण्डारीले देशका लागि सम्भावित व्यवसायभ नेको पर्यटन व्यवसाय भएको बताउंदै विदेशी मद्रा आर्जनको प्रमुख श्रोत पर्यटन व्यवसाय रहेको उल्लेख गर्दै संकटको अवस्थामा पर्यटन व्यवसायीलाई तिनैवटै सरकारले सहयोग गर्नुपर्ने बताए ।
बुटवलमा प्रदेशको अस्थायी राजधानी, अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण, दुईवटा केवलकारका कारण रुपन्देहीमा पर्यटनको क्षेत्रमा ठूलो लगानी भएको र अहिलेको आर्थिक संकट र राज्यको फितलो नीतका कारण पर्यटन व्यवसायी धरासायीको अवस्थामा पुगेको गुनासो गरे ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको शनिबार बुटवलमा सम्पन्न २४ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनबाट अध्यक्षमा होटल ब्यवसायी संघ रुपन्देहीमा माधव खनाल अध्यक्ष रहेको टिक सर्वसम्बत रुपमा निर्वाचित भएको छ । mmmmmmm

संघको वरिष्ठ उपाध्यक्षमा अर्जुन थापा, पर्यटन उपाध्यक्षमा रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्षमा थम्मनबहादुर भण्डारी (क्षेत्री), द्वितीय उपाध्यक्षमा प्रेमप्रसाद भट्टराई, महासचिवमा केशवराज कँडेल, कोषाध्यक्षमा अर्जुन पोखरेल, सचिवमा बाबुराम अर्याल, सहसचिवमा डिल्लीराज अर्याल (दीपक), सहकोषाध्यक्षमा खुमराज ज्ञवाली (राजन) सर्वसम्मत चयन भएका छन् ।

यस्तैगरी, सदस्यहरूमा युवराज पराजुली, जनक पाण्डे, गोकर्ण रायमाझी, श्रीराम भण्डारी, सन्तोष खड्का, केशवराज पाण्डेय, एकदेव पाण्डेय (सुरज), सुन्दरकुमार श्रेष्ठ, पिताम्बर खनाल, दामोदर उपाध्याय र नारायणप्रसाद श्रेष्ठ चयन भएका छन् ।
यस अघि कांगे्रस र एमालेबीच सहमतिी नहुंदा रोकिएको साधारण सभा तथा अधिवेशन पछिल्लो पटक कांगे्रस र एमालेवीच पदमा बांडफाड मिलेपछि नयां नेतृत्व चयन भएको हो ।

साधारण सभा तथा अधिवेशनको अवसरमा पर्यटन पत्रकारिता पुरस्कारबाट पत्रकार कपिल ज्ञवाली र सुदिप भण्डारीलाई नगदसहित सम्मान गरिएको छ ।