अमेरिकाद्वारा इरानका परमाणु केन्द्रमा आक्रमण


बुटवल, असार ८ गते । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार इरानका फोर्दो, नतान्ज र एस्फाहान परमाणु केन्द्रमा अमेरिकी सेनाले आक्रमण गरेको हो ।

उनले फोर्दोमा बमको पूरै पलोड खसाइएको बताए । इरानका परमाणु केन्द्रमा आक्रमण गरी अमेरिकी विमान इरानको हवाई क्षेत्रबाट बाहिरिसकेका जानकारी पनि उनले दिए ।
उनले घमण्डपूर्वक भने– ‘सबै विमान सुरक्षित तरिकाले आफ्नो घरतिर फर्किरहेका छन् । हाम्रा महान् अमेरिकी योद्धालाई बधाई । विश्वमा यस्तो गर्न सक्ने सेना अरु कसैसँग छैन ।’

यता, उनले अब शान्तिको समय पनि आएको बताएका छन् ।
इजरायल र इरानबिच युद्ध चलिरहेका बेला अमेरिका पनि इरान विरुद्धको आक्रमणमा उत्रिएको हो । यसअघि ट्रम्पले इरानमा युद्धमा सहभागी हुने नहुने दुई दिनभित्र निर्णयले लिने बताएका थिए ।
इजरायलले इरान विरुद्ध जुन १३ देखि आक्रमण सुरु गरेको थियो । अहिलेसम्म १० इरानी न्युक्लियर वैज्ञानिक, सेनाका तीन कमान्डर र ४ जवानको हत्या गरिसकेको इजरायलले जनाएको छ ।
अमेरिकास्थित ह्युमन राइट्स एक्टिविस्ट न्युज एजेन्सीका अनुसार अहिलेसम्म इरानमा छ सय ५७ जनाको मृत्यु भइसकेको र दुई हजार बढी घाइते भएका छन् । इरानको स्वास्थ्य मन्त्रालयले भने चार सय ३० जना नागरिक मारिएको तीन हजार ५०० बढी घाइते भएको पुष्टि गरेको छ ।
त्यसैगरी इरानले गरेको आक्रमणबाट इजरायलमा २४ जना मात्र मारिएको दाबी गरिएको छ ।






















