इरानमाथिको युद्धविरुद्ध विद्यार्थी संगठनको बिरोध


बुटवल, असार ९ गते । इरानमाथि इजरायल र अमेरिकाले गरिरहेको आक्रमणका विरुद्ध १३ विद्यार्थी सङ्गठनले भोलि असार १० गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका हुन् । अखिल (क्रान्तिकारी) को कार्यालय बागबजारमा २०८२ असार ९ गते सोमबार बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि उनीहरूले प्रेसवक्तव्य जारी गरेका छन् । वक्तव्यमा इरानमाथिको अमेरिका र इजरायली आक्रमणको विरोध गर्दै युद्ध रोक्न माग गरिएको छ । उनीहरूले नारा दिएका छन्– ‘युद्ध रोक’, ‘साम्राज्यवाद मुर्दावाद’, ‘अन्तर्राष्ट्रिय ऐक्यबद्धता जिन्दावाद’ ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले इरानमाथि तत्काल परमाणु बम बनाउने अवस्था छैन भनेपछि पनि इरानमाथि आक्रमण गरिएकोमा विद्यार्थी सङ्गठनको विरोध छ ।
उनीहरूले त्यसको विरोधमा विश्वव्यापी रूपमा आवाज उठाउन पनि अपिल गरेका छन् ।























