पश्चिमान्चल यातायात ब्यवसायी समितिको अध्यक्षमा – पाण्डे

बुटवल, मंसिर २६ ।पश्चिमान्चल यातायात ब्यवसायी समितिको अध्यक्षमा यमप्रसाद पाण्डे विजयी भएका छन्। समितिको २१ औं वार्षिक साधारणसभा तथा ११ अधिवेशन अन्तरग शनिबार भएको निर्वाचनबाट ४ सय ५८ मत प्राप्त गर्दै पाण्डे विजयी भएका हुन् ।अध्यक्षका प्रत्यासी टिकाराम गौतमले ३ सय ९७ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी गराएको छ ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा प्रतापबहादुर कार्कीले ४ सय ७८ मत प्राप्त गरी विजयी भए, भने उनका प्रतिद्वन्दि कमल घिमिरेले ३ सय ७८ मत प्राप्त गरे। महासचिवमा हरिप्रसाद कंडेलले ४ सय ६६ मत प्राप्त गरी विजयी भए, भने उनका प्रतिद्वन्द्वी जीतबहादुर भाटले ३ सय ७५ मत प्राप्त गरेका छन्।
यसैरी उपाध्यक्ष खुल्लातर्फ खगराज गौतमले ४ सय ७५ मत प्राप्त गरी विजयी भए। एनका प्रतिद्वन्दी सिद्धार्थ उदयले ३ सय ८८ मत प्राप्त गरे। रुपन्देही उपाध्यक्षमा गणेश घिमिरेले ५ सय ९ मत र लक्ष्मण गैरेले ४ सय ४६ मत प्राप्त गरी विजयी भए। रुपेन्देही उपाध्यक्षका प्रत्यासीहरु गोपालप्रसाद न्यौपानेले ३ सय ७६ र डिल्लीराम रिजालले ३ सय ५१ मत प्राप्त गरेका छन।्
समितिको कोषाध्यक्षमा हरिप्रसाद रिमालले ४ सय ९८ मत प्राप्त गरी विजयी हुनुभएको छ, भने उहांका प्रतिद्वन्द्वी गेहेन्द्रराजज न्यौपानले ३ सय ६६ मत प्राप्त भए।। सचिवमा अर्जुनकुमार भुसालले ४ सय ३० मत प्राप्त गरी विजयी भए,भने उनका प्रतिद्वन्द्वी बसन्त खड्काले ४ सय १८ मत प्राप्त गरेका छन्। यसैगरी नवलपरासी उपाध्यक्षमा गुप्तबहादुर केसीले ५ सय ८ मत प्राप्त गरी विजयी भए,भने उनका प्रतिद्वन्द्वी ओमकान्त तिमिल्सिनाले ३ सय ४१ मत प्राप्त गरे। त्यस्तै गुल्मी, पाल्पा र स्याङ्जा उपाध्यक्षमा कृष्ण ठकुरीले ४ सय ६० मत प्राप्त गरी विजयी भए,भने उनका प्रतिद्वन्दी गोविन्द बिसीले ३ सय ७९ मत प्राप्त गरेका छन् ।
काठमाण्डौं सेक्टर उपाध्यक्षमा रमेशकुमार फौजदारले ४ सय ३२ मत प्राप्त गरी विजयी भए, भने उनका प्रतिद्वन्द्वी देवेन्द्र वानियाले ४ सय २० मत प्राप्त गरे। यसैगरी सदस्यहरुमा यमबहादुर जीसी, कृष्णबहादुर कंडेल, गोपाल लम्साल, सोभाकान्त पाण्डे, कृष्णबहादुर राना मगर अर्जुन बहादुर कुंवर,शंकरप्रसाद लम्साल, उत्तम केसी,असोक कुंवुर र ज्ञानेन्द्रबहादुर रेश्मी विजयी भएका छन् ।
नवनिर्वाचित अध्यक्ष यमप्रसाद पाण्डेले सबै क्षेत्रका सबै यातायात व्यवसायीको मर्म र भावना बुझेर व्यवसायीको हितमा काम गर्ने प्रतिवद्वता जनाएका छन् ।यातायात व्यवसायीका साझा समस्यालाई समाधान गर्न व्यवसायिक एकता कायम गरे अघि बढ्ने अध्यक्ष पाण्डेको भनाइ छ ।