निर्मल निवासमा हर्सोल्लास


काठमाडौँ । आज पूर्वराजा ज्ञानेन्द्र शाहको ७९ औँ जन्मोत्सव । निर्मल निवासमा शुभकामना दिन जाने सर्वसाधारणको भीड लागेको छ ।

गत असार १३ गते पूर्वराजाको सचिवालयले जन्मोत्सवमा शुभकामना दिन आउन निम्तो नै गरिएको थियो । त्योसँगै राजावादीहरुमा उत्साह छाएको छ ।
निर्मल निवासमा पूर्वराजाबाट तीन घण्टा शुभकामना तथा अभिवादन ग्रहण गर्ने कार्यक्रम छ । शुभेच्छुक जनसमुदाय, संघसंस्था तथा आम नागरिकहरुका निम्ति बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास खुला रहने पनि जनाइएको छ ।

राजावादीहरु बिहान नौ बजेदेखि नै लाइनमा लागेर शुभकामना दिनका लागि प्रतिक्षा गरिरहेका थिए ।






















