लागू औषधसहित भारतीय मूलका एक व्यक्ति पक्राउ

कृष्णनगर । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा न. ३ लक्ष्मीनगरबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थसहित एक व्यक्ति पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा बसेका भारत उत्तर प्रदेश शिद्धार्थनगर वढनी का २० वर्षिय कन्हैया चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

शंका लागेर चेकजाँच गर्दा चौधरीले लगाएको निलो जिन्स पाईन्टको अगाडीको दाया गोजीमा रातो प्लाष्टिकको टुक्रामा लुकाई छिपाई राखेको लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेपछि इलाका प्रहरी कार्यालय कृष्णनगरले नियन्त्रणमा लिएको बताईएको छ ।

पक्राउ परेका चौधरीलाई कपिलवस्तु जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनमणी अधिकारीले जनाएका छन् ।