स्पेनमा मान्छे छाडेको दाबीमा एमालेको आपत्ति, माओवादीको प्रतिवाद


काठमाडौँ । रास्वपाकी सांसद सोविता गौतमले प्रधानमन्त्रीले स्पेन भ्रमणका क्रममा गएका केही व्यक्तिलाई उतै छाडेर आएको भन्ने अभिव्यक्तिप्रति एमालेले आपत्ति जनाएको छ।

मंगलबार संसद सुरु हुनेबित्तिकै रास्वपाको तर्फबाट गौतमले भिजिट भिसा प्रकरणको बारेमा आवाज उठाउँदै त्यस्तै घटना हालसालै प्रधानमन्त्री स्पेन भ्रमणमा जाँदासमेत भएको भन्ने अभिव्यक्ति विवादमा परेको हो। गौतमले बालेपछि रास्वपाका सांसदहरुले संसद बैठक बहिस्कार गरेका थिए।
केही समयपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले गौतमको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै रेकर्डबाट हटाउन माग गरेका छन्। उनले भने, ‘केही मान्य ज्यूले, भ्रामक आपत्तिजनक र तथ्यहीन कुरालाई संसदमा राख्नुभएको छ। बोल्न पाउने अधिकारलाई दुरुपयोग गर्दै प्रधानमन्त्री स्पेनमा आयोजित राष्ट्रसंघका कार्यक्रमबाट फर्किनुभएको छ। केही मान्छे स्पेनमै बसेका छन्, फर्किएका छैनन् भनेर प्रधानमन्त्रीज्यूलाई मुछेर निराधार कपोकल्पित, भ्रामक कुरा जिम्मेवार सांसदले गरिमामय संसद्मा गर्ने कुरा बेठिक छ।

बर्तौलाले अभिव्यक्ति दिने गौतमलाई भ्रमण टोलीमा रहेका को–को व्यक्ति नफर्किएका हुन् त्यसबारे पनि संसद्लाई जानकारी गराउन माग गरे। ‘यस्ता कुरालाई सभामुखले गम्भीरतापूर्वक नोटिसमा लिनुपर्छ। यस्ता तथ्यहीन भ्रमपूर्ण विषयलाई संसद्को रेकर्ड हटाइनुपर्छ। प्रधानमन्त्रीसँग गएर नर्फिएका को–को हुन्, माननीयज्यूले संसदलाई जानकारी दिनुपर्छ, बर्तौलाले भने।
प्रधानमन्त्री आफैले संसद्मा आएर भ्रमण र त्यसमा रहेका टोलीबारे जानकारी गराइसकेको अवस्थामा विवादित बनाउने कुरा आपत्तिजनक भएको बताए। प्रधानमन्त्रीमाथि लगाएको आरोपको बर्तौलाले खण्डन गरेपछि प्रमुख प्रतिपक्षी माओवादीले आपत्ति जनाएको छ। सरकारलाई सोधिएको प्रश्नमा सत्ता पक्षका सांसद्ले जवाफ दिने कुरा मान्य नहुने माओवादी सचेतक हितराज पाण्डे भनाइ छ।
‘सदन विभिन्न विषय उठ्छन्। हामीले सरकारसँग जवाफ खोज्छौँ। सरकारले जवाफ दिने हो। सांसदहरुले जवाफ दिने होइन्,’ बर्तौलाको प्रतिवाद गर्दै पाण्डेले अगाडि भने, ‘सरकारले मन्त्रीले, प्रधानमन्त्रीले जवाफ दिनुपर्छ। यो संसद्लाई हेपिएको छ। हिजो पनि त्यस्तै भयो। संसद्मा सत्ता र प्रतिपक्षका सांसद विवादमा उत्रेपछि सभामुख देवराज घिमिरेले जिम्मेवार भएर अभिव्यक्ति दिन आग्रह गरे। उनले उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको समेत उल्लेख गरे।
सांसद गौतमले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै हालसालै प्रधानमन्त्रीको स्पेन भ्रमणका क्रममा पनि मान्छे छाडिएको दाबी गरेकी थिइन्। सांसद गौतमले प्रधानमन्त्री ओली सहभागी भएर फर्किएको स्पेनको कार्यक्रममा गएका केही व्यक्तिहरू स्वदेश नफर्किएको समाचार आइरहेको भन्दै यसबारे समेत छानबिन गर्न माग गरेकी थिइन्।
‘स्वयं प्रधानमन्त्रीज्यू जानुभएको स्पेनको कार्यक्रममा समेत सहभागी हुने बाहानामा गएर नफर्किएको भन्ने समाचारहरु पनि आइरहेका छन्। यसमा व्यक्ति विशेष हाम्रो केही आरोप छैन। तर, यो अत्यन्तै गम्भीर विषय हो,’ गौतमले अगाडि भनिन्,
‘सरकारले नेपाली जनताको जीउधन र अन्तराष्ट्रियस्तरमा नेपालको छवि जोडिएको यस्तो गम्भीर विषयमा पनि उच्चस्तरीय छानबिन समिति नबनाएर स्वार्थ बाझिने र अनुपयुक्त पात्रको नेतृत्वमा आफू मातहतकै आफूभन्दा कनिष्ट कर्मचारी सम्मिलित एउटा टालटुले प्रशासनिक समिति बनाएको विषयमा हाम्रो खेद र आपत्ति छ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










