बचतकर्ताले घेरे डिंगरनगर दूरगामी सहकारीका सचिव थापाको घर


बुटवल । रुपन्देही तिलोत्तमा नगरपालिका–३ को डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीमा १७ वर्षसम्म एकै व्यक्ति प्रदेश सहकारी ऐन, २०७६ को दफा ३७ को उपदफा ९१० लाई लत्याएर एउटै व्यक्ति लगातार दुई पटकभन्दा बढी सञ्चालक हुन नपाउने व्यवस्थालाई कुल्चिदै अध्यक्ष बनेका घनश्याम तिवारी लयायत पदाधिकारीले १५ करोडभन्दा सहकारीको रकम हिनामिना गरेपछि बचतकर्ताहरु बिचल्लीमा परेका छन् ।

प्रदेश ऐन बन्नुभन्दा अघि नै सहकारीको नेतृत्वमा दुई कार्यकाल भन्दा बढी बस्नु संघीय कानून विपरित हुने व्यवस्था थियो । तर, स्थानीय कांग्रेस नेता घनश्याम तिवारी राजनीतिक शक्तिको आडमा ऐनलाई कुल्चेर १७ वर्षदेखि अध्यक्ष रजगज गर्दै आएको, कांग्रेस तिलोत्तमा नगर समितिका पूर्वसचिवसमेत रहेका सहकारीमा सचिव रामबहादुर थापा र व्यवस्थापक वसन्त पराजुलीले नागरिकको ठूलो धनराशी उपचलन गरेको पाईएपछि अहिले उनीहरु फरार भएका छन् ।
यसैबिच गएराती सहकारीका बचतकर्ताहरुले अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर थापा लगायतको घर अगाडी प्रर्दशन गर्दै नागरिकको पैसा खानेलाई हदैसम्मको कारबाहीको माग गरेका छन् । सविच थापा घरमै भएको आशंकामा घर घेराउ गर्न गएका बचतकर्ताहरु आएको सुईको पाएपछि घर पछाडीबाट भागेको हुनसक्ने भन्दै बचतकर्ताहरुले राज्यले वास्तविक सहकारी लुट्नेहरुलाई कानुनी कट्घरामा ल्याउन नसकेको गुनासो गरेका थिए ।

बचतकर्ता मीना न्यौपाने भट्टराईले वैदेशिक रोजगारी गएका श्रीमानले पठाएको पैसा मासिक एक हजार रुपैयाँ जम्मा गरेको बताउँदै सहकारीमा रकम हिनामिना भएको सुँइको पाएपछि आफुहरुले अध्यक्ष र सचिवलाई भन्दा उनीहरुले त्यस्तो केही भएको छैन्, भन्दै ढाँटेको बताइन् । सहकारीबाट पीडित बनेका अर्का बचतकर्ता ज्ञानेन्द्र बञ्जाडेले सञ्चालकले नै नागरिकको पैसा अपचलन गरेको, म्याईन्यूट लगायत महत्वपूर्ण कागजात च्यातेर भागेकोले अभियुक्तहरुलाई कारबाहीको माग गरे ।
पीडित कमला वस्यालले सहकारीको स्थापनाकालदेखि बचत गर्दै आएको भन्दै आफ्नो चौध लाख रुपैयाँ बचत गरेको रकम डुबेको बताइन् । बचतकर्ता लक्ष्मी पराजुलीले आफुले सहकारीबाट पाँच लाख रुपैयाँ ऋण लिएकोमा आफ्नै अंकल पर्ने सहकारीका व्यवस्थापक वसन्त पराजुलीले ८५ लाखको ऋणी बनाईदिएर थप पीडित बनाएको दुखेसो पोख्दै उनले पाँच लाखको ब्याज र साँवाको किस्ता नियमित तिर्दै आएको बताइन् ।
प्रहरीसँगै सचिव रामबहादुर थापाको घर राति ११ बजे खानतलासी गर्न पुगेका सहकारी पीडित टेकराज पन्थीले सहकारीको रकम हिनामिना गरेर फरार रहेका थापाकी श्रीमती र चार जना अपरिचित व्यक्तिहरुलाई मदिरासहितको डिनर पार्टी गर्दै गरेको अवस्थामा फेला पारेपछि सचिव थापा पनि भएको तर पछि उनी भागेको हुनसक्ने आशंका गर्दै चार जनालाई इलाका प्रहरी कार्यालय बुटवलको जिम्मा लगाईएको बताए ।
१३ सदस्यीय सञ्चालक समितिमा तीनजना बाहेक सबै नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ता भएको बताइएको छ । सहकारीमा बद्मासी भएको संकेत पाएपछि झन्डै चार सय सदस्यले बचत फिर्ताका लागि सहकारीमा निवेदन दिएको र निवेदनपछि सहकारी सञ्चालक समिति तथा सहकारीका केही सदस्य बसेर १९ असारदेखि सर्वसाधारणको बचत फिर्ता गर्ने सहमति अनुसार निर्णय भयो । तर सहकारीका अध्यक्ष र सचिवले अर्को दिन उक्त सहमतिको माइन्यूट नै च्यातेर फरार भएका छन् । व्यवस्थापक वसन्त पराजुली पनि फरार भएका छन् ।
नागरिकको पैसा अनाधिकृत लगानी
सहकारीको रकम अध्यक्ष तिवारी, सचिव थापा र व्यवस्थापक पराजुलीले होटल, घडेरी र चुनढुंगा खानीमा लगानी गरेको पाइएको छ । उनले तिलोत्तमाको जानकी नगरमा होटल एचके र योगिकुटीदेखि शान्ति चोक जाने बाटोमा घर खरिद गरेको पाइएको छ ।
अध्यक्ष तिवारीले संस्थाको करिव ८ करोड, सचिव थापाले ४ करोड र व्यवस्थापक पराजुलीले ३ करोभन्दा बढी रकम अपचलन गरेको बताइएको छ । सहकारीका कोषाध्यक्ष सुरेन्द्र बज्राचार्यले लेखापरीक्षकले दिने अन्तिम रिपोर्टपछि मात्रै कति हिनामिना भएको हो भन्ने पुष्टि हुने बताए ।
सहकारीका व्यवस्थापक, अध्यक्ष र सचिवले सहकारीको सफ्ट्वेयरमा नै मिलाएर आफूखुसी बचतकर्ताको रकम दुरुपयोग गरेको पीडितहरुको भनाई छ । ऋण नै नलगेका बचतकर्ताको नाममा ऋण प्रवाह गर्ने गरेको र कम रकम ऋण लागेका ऋणीका नाममा थप ऋण लगेको देखाइएको छ । आफूले दुई वटा चेकमा हस्ताक्षर गरेर काटेका चेकको रकम कसलाई दिएको हो भनेर सोधखोज गर्दा एउटा चेकको रकम सम्बन्धित व्यक्तिलाई नदिइएको पाइएपछि सहकारीमा बेथिति भएको २०८२ वैशाख २७ गते खुलेको कोषाध्यक्ष बज्राचार्यले बताए ।
समितिले व्यवस्थापक वसन्त पराजुलीले रकम हिनामिना गरेको भनेर ८ करोड ५० लाखको कागज बनाएर यसअघि नै निलम्बन गरिएको पाइएको छ । २०५० सालमा स्थापना भएको सहकारीमा करिब २ हजार सदस्यहरु रहेको जनाइएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी इन्द्रबहादुर रानाले आफु धेरै बोल्न नजान्ने भन्दै बोल्न चाहेनन् । सचिव थापाको घर अनुगमन र खानतलासी गर्दा सहकारी पीडित र प्रहरी छिर्दा पत्रकारलाई रोक लगाएर माथिको आदेश छ भन्दै पत्रकारलाई भित्र छिर्न दिइएन । उनले आफुले केही बोल्न नमिल्ने यदि केही जानकारी लिने भए जिल्लास्थित सुचना अधिकारीलाई सोध्न जवाफ दिए । प्रहरीसमक्ष हालसम्म पूरक निवेदनसमेत नपरेको प्रहरीले बताएको छ । तिलोत्तमा नगरपालिका वडा न ३ का वडाध्यक्ष कल्याण पौडेललाई सम्पर्क गर्दा शुरुमा पहिले आफु धेरै टाढा रहेको र तत्काल आउन नसक्ने बताएका उनी बचतकर्ता मध्येका एक व्यक्तिले फोन गरेपछि दश मिनेटमा फरार रामबहादुरको घरमा आइपुगेका थिए । उनलाई प्रतिक्रिया लिन खोज्दा नदिएर तर्किए ।
लुम्बिनी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयका प्रमुख सुरेश चन्द्र आचार्यले उक्त सहकारी पाँच, छ जना आएर सहरकारी रकम अपचलन भएको छ भनेर हाम्रो कार्यालयमा निवेदन दिएपछि हामी सहकारीको कार्यालयमा पुगेर पहिले अडिट गर्नुपर्यो कसले कति रकम उपचलन गरेको रहेछ भन्ने हिसाब खुलाउनुपर्यो त्यसपछि अध्ययन अनुसन्धान अघि बढ्छ भनेर हामी फर्केका हौं । हामीले अडिट नहुँदासम्म केही गर्न मिल्दैन, अडिट रिर्पोट आएपछि अनुसन्धान अगाडि बढ्ने जनाए ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










