शंकरनगर सामूदायिक वनकोे कार्यक्रममा ३ सय जनाको स्वास्थ्य परिक्षण


बुटवल, असार २८ गते । शंकरनगर सामूदायिक वन उपभोक्ता समूह तिलोत्तमा १ रुपन्देहीले आयोजना गरेको स्वास्थ्य सचेतना तथा रक्त परिक्षण कार्यक्रममा ३ सय जनाले स्वास्थ्य परिक्षण गरेका छन् । सामूदाविक वन उपभोक्ता समूहको आयोजना र बुटवलको मोर्डन डाइनोसिस ल्यावमा कार्यरत स्वास्थ्यकर्मीको टिमको सहयोगमा स्वास्थ्य परिक्षण गरिएको हो । सामूदायिक वनको वार्षिक कार्यक्रम अनुसार यो कार्यक्रम आयोजना गरिएको हो ।

सुगर, कोल्डस्टोर, किड्नी, युरिकेसिड जस्ता विभन्न रोगहरुको परिक्षण गरिएको शंकरनगर सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष रविन्द्र बस्नेतले जानकारी गराए । रुख रोपौ वन जोगाउं भन्ने नाराका साथ वन संरक्षणका साथै सामाजिक कार्य अन्तरगत स्वास्थ्य र शिक्षामा काम गर्दै आएको शंकरनगर सामूदायिक वन उपभोक्ता सहूमले स्वास्थ्य कार्यक्रमलाई प्राथमिकता दिएको छ ।
।
एक दिने उक्त स्वास्थ्य कार्यक्रममा फिजिसिएन डाक्टर सन्तोष घिमिरेले सुगर, कोल्डस्टोर, किड्नी, युरिकेसिड जस्ता विभन्न रोगहरुबारे प्रशिक्षण दिएका थिए । त्यस्तै महिला विशेषज्ञ डाक्टर नारायण जीसीले स्तन क्यान्सर र पाठेघरको क्यान्सरबारे महिलाहरुलाई प्रशिक्षण दिएका थिए । 
यस अघि आयोजित कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांणले स्वास्थ्यप्रति खेलवाड नगर्न आग्रह गर्दै तिलोत्तमालाई स्वस्थ्य र सुन्दर बनाउनु पर्ने बताए । तिलोत्तमा बस्ने हरेक नागरिक स्वस्थ्य र सुन्दर हुनुपर्ने बताउंदै नगरवासीलाई स्वस्थ्य र सुन्दर बनाउनका लागि शंकरनगर सामूदाविक वन उपभोक्ता समूहका साथै सरकारी र गैरसरकारी संघसस्थाहरुसंग सहकार्य गरी काम गर्ने प्रतिवद्वता जनाए । 
नसर्ने रोगहरुको अवस्था बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै नागरिकमा स्वास्थ्य सचेतना जगाउन आवश्यक रहेको बताउंदै वन जोगाउंदै स्वास्थ्य सचेतनाका कार्यक्रमहरु अगाडी ल्याउन नगर प्रमुख खांणले शंकरनगर सामूदायिक वन उपभोक्ता समूहलाई आग्रह गरे ।
नगर प्रमुख खांणले हरेक रोगहरु हाम्रो किचनबाट उत्पति हुने हुंदा चिनको खाना स्वास्थ्यकर हुनुपर्ने बताउंदै उनले भने – हाम्रो किचन बैद्य खाना हो । खाना बनाउने आमा श्रीमती बैद्य हुन् । त्यसैले किचनको खानाबाटै स्वास्थ्यका बारेमा सोचेरे अर्गानिक खाना पकाउनु पर्छ । तब मात्रै हामी स्वस्थ्य हुन सक्छौ र निरोगी बन्छौ ।

शंकरनगर सामूदायिक वन उपभोक्ता समूह तिलोत्तमा १ का अध्यक्ष रविन्द्र वस्नेतको अध्यक्षता, महासचिव कालिका अधिकारीको सञ्चालन र उपाध्यक्ष कमला ज्ञवालीको स्वागतमा कार्यक्रम भएको थियो ।
मूदायिक वन उपभोक्ता समूह तिलोत्तमा १ का अध्यक्ष रविन्द्र वस्नेतले तिलोत्तमा नगरलाई चिनाउने गरी काम गरिएको बताए ।
उनले हरियाली कायम गर्नका लागि नर्सरी कार्यक्रममा शंकरनगर सामूदायिक वन उपभोक्ता समूह तिलोत्तमा १ उत्कृष्ट भएको बताउंदै वातावरण र उपभोक्ताको स्वास्थ्यप्रति गम्भीर भएर काम गरिएको बताए ।






















