लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथद्धारा वृक्षरोपण


बुटवल । प्रकृति संरक्षण, वातावरणीय सन्तुलन जोगाउन वृक्षरोपण अपरिहार्य मानिन्छ । भू-क्षय रोक्न, पानीको स्रोत जोगाउन यसको महत्वपूर्ण भूमिका हुन्छ । बढ्दो जनघनत्व र शहरीकरणले वन क्षेत्रको फँडानीका कारण शहर कंक्रिटमय बन्दै गएको छ भने, ग्रामिण क्षेत्र नांगिदै आएको देखिन्छ ।

नेपालको कुल भू-भागको ४०.३६ प्रतिशत वन क्षेत्र र ४.३८ प्रतिशत भू-भाग अन्य काष्ठ तथा बुट्यान क्षेत्र गरी कुल ६६ लाख हेक्टर वन र बुट्यान क्षेत्रले ढाकेको तथ्यांकले देखाए पनि बढ्दो रुख कटानको असर बर्षातको समयमा पानी नपर्ने जस्ता जलवायु परिवर्तनका जटिल समस्याहरु देखा पर्दै गएका छन् । वृक्षरोपण कार्यलाई पुण्यसँग जोडेर समेत समाजमा हेर्ने गरिन्छ । सोही अनुरुप लायन्स क्लब अफ बुटबल मणिमुकुन्द युथले शनिवार (आज) बुटवल उपमहानगर वडा न-७ दीपनगरस्थित मनकामना मन्दिर परिसरमा वृक्षरोपण गरेको छ ।
शहरमा आवासिय क्षेत्रको विकास हुँदै जानुले मावन लगायत सजिव प्राणीलाई चाहिने अक्सिजन, प्रदूषण नियन्त्रण लगायत कुरामा ध्यान दिदै वृक्षरोपणले जलवायु परिवर्तनमा टेवा पुग्ने उद्देश्यले क्लबले हरेक बर्ष वृक्षरोपन गर्दै आएको क्लबका अध्यक्ष लायन टिकाराम पन्थीले बताए ।

उनले भने, विभिन्न सरकारी र गैरसरकारी निकायले खाली ठाउँ, विद्यालयका खाली क्षेत्र, सडक किनारा, पहिरो जाने नदीका किनार, सार्वजनिक जग्गा र वन क्षेत्रमा वृहत् रुपमा वहुउपयोगी फलफुल, काष्ठ, गैरकाष्ठजन्य बिरुवाहरु वृक्षरोपण दिवसको अवसरमा रोप्ने प्रचलन छ । वृक्षरोपणले घाँस, दाउरा, काठ, फलफुल आदिको सहज उपलब्ध गराउनले भएकाले मन्दिर परिसरमा फलफुलका विरुवाहरु रोपेका छौं ।
जिएम एच एण्ड वातावरण पास्ट डिष्ट्रिक गर्भनर एमजी एफ लायन महेन्द्र नारायण श्रेष्ठले वन एक नवीकरणीय महत्त्वपूर्ण प्राकृतिक सम्पदा भएको भन्दै मानव सभ्यताको विकासमा अमूल्य योगदानको चर्चा गर्दै वन र मानवबीच अन्न्योन्याश्रित सम्बन्ध रहँदै आएको बताए ।
श्रेष्ठले थपे, वृक्षरोपणले वन पैदावारका साथै वातावरण संरक्षण, जैविक विविधता संरक्षण, पर्यापर्यटन प्रवद्र्धन, जलवायु परिवर्तन असर न्यूनीकरण, प्रदूषण नियन्त्रण, भूदृश्य सौन्दर्यीकरण, मानसिक स्वास्थ्यमा सुधार, शैक्षिक तथा अनुसन्धान कार्यलगायतमा उल्लेख्य योगदान पुर्याउँछ ।
सिनियर डिष्ट्रिक एड्भीसोर लायन कमल थापा क्षेत्रीले पहाडै पहाडले बनेको भिरालोपना तथा भौगर्भिक कमलोपना बढी भएको नेपालजस्तो देशका लागि बाढीपहिरो, भूक्षय आदि कम गरी वातावरण संरक्षण एवं जनधनको क्षति कम गर्न वृक्षरोपणको विशेष भूमिका हुने बताए ।
डिष्ट्रिक डिपुटी चिफ लायन यदुमणि पोखरेलले बिरुवा उत्पादन र वृक्षरोपण कार्य सरकारी निकायबाट मात्रै नभई पछिल्ला बर्षयता विभिन्न गैरसरकारी सङ्घ–संस्था तथा निजी क्षेत्रबाट समेत भइरहेको हुँदा आफुहरुले पनि हरेक बर्ष क्लबबाट फरक फरक भूगोलको छनौट गरी वृक्षरोपण गर्दै आएको जनाउँदै वृक्षरोपणपछि संरक्षण र व्यवस्थापन कार्यमा अपेक्षाकृत ध्यान पुग्न नसकेकोमा यसका लागि सबै सरोकारवालाको दिगो र सक्रिय सहभागिता हुनुपर्ने आवश्यक्ता औँल्याए ।
वृक्षरोपण कार्यक्रममा रिजन चियर पर्सन लायन दिपक गौतम, जोन चियर पर्सन लायन सिर्जना श्रेष्ठ, प्रोग्राम चियर पर्सन लायन लक्ष्मण कुँवर, पूर्वअध्यक्षद्धय लायन सन्तोषमान सिमाङ्गैंडा, लायन थानेश्वर अर्याल, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर गिरी तथा क्लबका प्रथम उपाध्यक्ष लायन माधव ढकाल, द्धितिय उपाध्यक्ष लायन अनिल शाह, तृतीय उपाध्यक्ष लायन लेखनाथ बस्याल, कोषाध्यक्ष लायन दुर्गा पोखरेल, सह सचिब लायन बिष्णु खत्री, क्लब डाइरेक्टर लायन खिलाराज अधिकारी लगायतको सहभागितामा वृक्षरोपण गरिएको कार्यक्रम संयोजक लायन लेखमान श्रेष्ठले जनाएका छन् ।























