लुम्बिनीमा १ लाख ७० हजार ८० वटा सवारी सधान कारवाहीमा

बुटवल, साउन ५ गते । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले आर्थिक वर्ष २०८१, ०८२ मा सवारी साधन जरिवानाबाट १७ करोड ८३ लाख ८३ हजार ४ सय १९ रुपैयां संकलन गरेको छ । ट्राफिक नियम विपरित चलाईएका साना ठूला गरी १ लाख ७० हजार ८० वटा सवारी सधानलाई कारवाही गरी १७ करोड ८३ लाख ८३ हजार ४ सय १९ रुपैयां संकलन भएको «ाफिक व्यवस्थापन कार्यालय, बुटवलले जानकारी गराएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले एक वर्षका गरेका कार्यप्रगति विवरण सार्वजनिक गर्ने उद्वेश्यले आइतबार पत्रकार बुटवलमा सम्मेलन गरी कार्यालय प्रमुख, प्रहरी उपरिक्षक मित्रवन्दु शर्माले कारवाहीमा परेका सवारी साधनहरुको संख्या र जरिवानाबाट संकलन भएको रमकसहित वार्षिक कार्यप्रतिबारे जानकारी गराएका छन् ।

ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख प्रहर िउपरिक्षक मित्रवन्दु शर्माले लेन अनुसाशनका लागि मेरो सवारी मेरो लेन कार्यक्रम सञ्चालन गरिएको र बांकेका ट्राफिक सप्ताह कार्यक्रमसहित थुप्रै कार्यक्रमहरु सञ्चालन गरेर ट्राफिक नियबारे जनचेचना जगाईएको बताए ।
लुम्बिनी प्रदका विभिन्न मातहतका कार्यालयहरुबाट १६ पटक नागरिक सुनुवाई कार्यक्रम गरिएको र सडक दुर्घटनापछि हुने पिडादायी कष्टलाई सडक नाटकको माध्यमबाट आम सर्वसाधारण नागरिकमा सचेतना गराइको जानकारी गराए ।

सडकमा ३ सय ४ वटा सचेतनामूलक बोर्डहरु जडान गरिएको र प्रदेशभर दुई पाङगे्र सवारी साधन दुर्घटना न्यूनकिरणका चालकहरुसंग २ मिनेट र ३ मिनेट कार्यक्रम लागु गरी पर्चा पम्पलेटसमेत वितरण गरिएको थियो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले बुटवल – भैरहवा सडक खण्डमा लेन अनुशासन तथा तीव्र गति समबन्धी ११ वटा सचेतनामूलक बोर्डहरु थपेको छ ।

त्यस्तै कार्यालय व्यवस्थापनका साथै ट्राफिक प्रहरी कर्मचारीहरुको क्षमता अभिवृद्विमूलक कार्यक्रम सञ्चालन गरिएको र लुम्बिनीमा पर्ने तराई जिल्लाका विभिन्न १० स्थानमा डिजिटल प्रणाली लागु हुंदा विस्तारको क्रममा हालसम्म प्रदेश भर व्यक्तिगत मोवाइलमा ३ सय ९८ जनाको इ क्यान आइडी कार्यान्वयन भएको बताईएको छ ।

ट्राफिक व्यवस्थापनका लागि स्थानीय निकायहरुसंग समन्वय तथा सहकार्य गरी काम गरिएको र छाडा चौपायां व्यवस्थापनका लागि काम गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलको आर्थिक वर्ष २०८१, ०८२ को कार्यप्रगति विवरणमा उल्लेख गरिएको छ ।