बुटवलको फुलवारीमा भारतीय पर्यटक आर्कषित, संग्रालय बनाउने तयारी


श्यामलाल पोखरेल
बुटवल, साउन १४ गते । फुलवारीको नामले चिनिने बुटवलको मणिमुकुन्द सेन उद्यान महत्वपूर्ण मानिने धार्मिक तथा पर्यटकीयस्थल हो । ऐतिहांसिक र पुरातात्विक हिसावले पर्यटकीय स्थलको रुपमा विकास भैसकेको फुलवारी बुटवल क्षेत्रको महत्वपूर्ण ठाउं हो । इतिहांस अनुसार ५ सय वर्ष पहिले देखिको सेन वंशीय राज्यको इतिहांस बोकेको फुलवारीको नामले चिनिने मणिमुकुन्द सेन उद्यान आधुनिक नेपाल निर्माणको अभियानसंगै पर्यटकीय स्थलका रुपमा विकास हुंदै गएको छ ।

फुलवारीलाई मणिमुकुन्द सेन उद्यानको रुपमा पर्यटकीयस्थलका रुपमा विकास गरिएपछि आन्तरिक र बाह्य पर्यटक गरी दैनिक रुपमा एक हजार बढीले अवलोकन तथा भ्रमण गर्ने गरेको तथ्यांकले देखाएको छ । ऐतिहांसिक सेन वंशीय दरवार भग्नावशेष, पुराना मठमन्दिर बगौचाहरुको फुलवारीले मणिमुकुन्द सेन उद्यान पर्यटकीय विश्रामस्थल जस्तै बनेको छ ।
२०५४ सालदेखि पर्यटकीय स्थलका रुपमा विकास गर्न लागिएको यो पर्यटकीयस्थल रुपन्देही आउने बाह्य पर्यटकका लागि रोजाईको स्थान बन्दै गएको छ । सेन वंशीय दरवारको भग्नावशेष रहेको उक्त स्थानमा चिडिया खाना सञ्चालन गरी चितुवा, अजिंगर, इमो, हरिण, कछुवा, दुम्सीलगायतका अन्य थुप्रै जनावरहरु संरक्षण गरिएको छ ।

मणिमुकुन्द स्मृति, शहीद तथा विभूषितहरुको स्मारक, कुडुले घर, शंकधर शाकवाको शालिकका साथै वाल उद्यान, स्काई साइकिलिङ जस्ता विभिन्न खेलहरु खेल्न पाइने भएकाले पनि मणिमुकुन्द सेन उद्यान आन्तरिक र बाह्य पर्यटकका लागि रोजाईको ठाउं बनेको मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका प्रमुख कार्यकारी अधिकृत अनन्त शिलवालले बताए । बुटवल सामूदायिक वन अन्तरगत पर्ने मणिमुकुन्द सेन उद्यान बुटवल बजारसंग जोडिएको चुरे पहाडको फेदमा अवस्थित यो स्थल प्राकृतिक रुपले भरिपूर्ण छ ।
सेन वंशीय राज्यको इतिहांस बोकेको स्थलमा भारतीय पर्यटक अत्याधिक रुपमा आउने गरेको उद्यान संरक्षण समितिको तथ्यांकले देखाएको छ । पछिल्लो एक वर्षको अवधिमा ५ लाख ४७ हजार १ सय ९९ जना आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेको मणिमुकुन्द सेन उद्यान संरक्षण समितिले बताएको छ । उद्यान संरक्षण समितिले दिएको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१÷८२ मा ७४ हजार ५ सय ९२ जना भारतीय नागरिकले फूलबारीको अवलोकन गरेका छन् । जसमा ७१ हजार ६ सय ९५ जना विद्यार्थी रहेका छन् । पर्यटकका लागि विश्राम स्थल जस्तै बनेको उद्यानमा रहेको सेनवंशीय भग्नावशेष दरबार संरक्षणका अहिलेसम्म संग्रालय नबनेकाले मणिमुकुन्द सेन उद्यानको लक्ष्य पुरा भने भएको छैन । सेन वंशीय दरवारको संग्रालय बनाउन उद्यान संरक्षण समितिले धेरै कोशिस गरेपनि समितिका लागि परातात्विक विभाग बाधक बनेको छ ।
हामी प्रधानमन्त्रीदेखि परातात्विक विभाग र अन्य सरोकारवाला सबै निकायमा पटक – पटक धाउंदा पनि सेन वंशीय दरवारको संग्रालय बनाउन नसकिएको बताए मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका अध्यक्ष माधव नेपालले ।
ऐतिहांसिक तथा महत्वपूर्ण स्थानको पुरातात्विक विभागले कसैलाई काम गर्न नदिने र आफुले पनि काम नर्गदा संग्रालय बनाउनमा ढिला भएको अध्यक्ष माधव नेपालले गुनासो गरे ।
हामी संग्रालय बनाउन लागि परेका छौ तर अधिकार नहुंदा धेरैका कुरा सुन्नु परेको बताउछन् अध्यक्ष नेपाल । सेन वंशीय दरबारको संग्रहालय निर्माणका लागि यो वर्ष ३ करोड बजेट संघ सरकारबाट बिनियोजन भएकाले अब बन्छकी भन्ने आशा पलाएको मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका महासचिव युवराज घिमिरेले बताए । 
उदानलाई थप व्यवस्थित गरी आधुनिक खालको पर्यटकीय स्थल बनाउनका लागि भारतीय पेन्सन क्याम्प बाधक बनेको छ । उद्यानसंगै जोडिएको भारतीय पेन्सन क्याम्पका कारण मणिमुकुन्द उद्यान विस्तारका लागि आवश्यक जग्गाको अभाव खड्किएको छ । भारतीय पेन्सन क्याम्पलाई वयवस्थित रुपमा अन्यत्र सार्नका लागि बुटवलवासीले आवाज उठाएका छन् ।
उद्यानलाई सांस्कृतिक केन्द्र, रिसर्च सेन्टर तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने गरी उद्यान संरक्षण समितिले आफ्नो आन्तरिक योजना अनुसार खाका तयार पारेको महासचिव घिमिरेले मंगलबार वार्षिक समीक्षा तथा आगामी योजनाबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराए । उद्यानमा नर्सरी उत्पादनलाई व्यवसायिक बनाउँदै, दरवार क्षेत्रको संरक्षण, बगैंचा सौन्दर्यीकरण, नयाँ सेल्फी जोन, ट्रि रेष्टुरेन्ट, सिसाको पुल, जिपलाइनजस्ता विभनन खालका संरचनाहरू निर्माण गर्ने तयारी गरिएको छ ।
मुनामदन बगैंचाको सौन्दर्यीकरण, बुटिक गार्डेनको अवधारणा, एक्युरियम, डिजिटल सूचना केन्द्र, राष्ट्रिय–अन्तराष्ट्रिय स्तरमा मिडिया सहकार्य तथा रिसर्च फेलोसिप कार्यक्रम सञ्चालन गर्ने उद्यान संरक्षण समितिले योजना बनाएको छ । आवश्यक अनुसारको बजेट नहुंदा र बुटवल सामुदायिक वनसँग कानुनी जटिलता, प्राविधिक जनशक्ति र पानीको अभावले पनि चुनौती थपिएको छ ।३६ जनालाई प्रत्यक्ष रोजगार दिएको उद्यानको गत वर्ष ४ करोड ६ लाख रुपैयाँ आम्दानी र ३ करोड ९६ लाख रुपैयाँ खर्च भएको तथ्यांकले उदान संरक्षण समितिको देखाएको छ ।
मनोरञ्जन कर, आयकर र अन्य कर शीर्षकमा उद्यानले ४७ लाख बढी भुक्तानी गरेको छ । उद्यानलाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने आवश्यक रहेको समितिका कोषाध्यक्ष मिलेन्द्र श्रेष्ठले बताए ।






















