एक करोड स्वाहाः पुनः नयाँ भवनको शिलान्यास
करको दोहन


बुटवल । देशकै सबैभन्दा बढि १ लाखमाथि जनसंख्या रहेको सोह्र हजारभन्दा बढी मतदाता भएको बुटवल उपमहानगरपालिका वडा न-११ का वडा कार्यालय भवन तीन वटा हुने भएका छन् । देविनगर होराइजन नजिक रहेको पुरानो कार्यालय साँघुरो र सवारी पार्किङ नभएको भन्दै तीन बर्ष चार महिनाअघि रंगशालामा निर्माणकार्य अन्तिमचरणमा पुगेको बेला हतारहतार तत्कालिन बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीका पालामा उद्घाटन गरिएको थियो ।

०७८ साल १९ गते शनिवार लुम्बिनी प्रदेशका पूर्वमख्यमन्त्री लिला गिरीबाट तामझामका साथ उद्घाटन गरिएको लाखौं खर्चिएको भवन तीन बर्षयता ताला लगाएर बेवारिसे राखिदै आइएको थियो । चिटिक्क पारिएको भवन बर्षौसम्म बेवारिसे राखेर वडाबासीलाई अचम्मित बनाउँदै आएको उक्त भवन नजिकै पुनः अर्को (तेस्रो) भवन बनाउने गरी २४ गते शनिवार शिलान्यास गरिएको छ ।
नयाँ भवन शिलान्यास भएपछि योजनाबिहीन उपमहानगरका योजनामा पुँजीगत खर्च बढाएर नोक्सानी गर्न थालिएको स्थानीय वडाबासीहरुको गुनासो छ । पहिले लाखौं लगानीमा बनाइएको भवन प्रयोगमा नआउँदा झ्याल, ढोका तोडफोड भएका छन् भने वरिपरिका रेलिङसमेत भाँचिएका अवस्थामा छन् । हचुवाको भरमा भवन निर्माण गरेर जनताले तिरेको करमाथि रजाइँ गर्ने बुटवल उपमहानगरको यो प्रवृतिले जनप्रतिनिधि फेरिएपछि नयाँ भवन बनाउनुपर्ने गलत तिथि बस्ने संकेत देखिएको स्थानीय रुपा क्षेत्री बताउँछिन् ।

आवश्यक भएर निर्माण गरिएको भवन लामोसमय प्रयोगबिहीन हुँदा विभिन्न जिज्ञासा उत्पन्न भइरहेका बेला शनिवार अर्को नयाँ भवन बनाउन गरिएको शिलान्यासले वडाबासी बेखुसी छन्, उनीहरु भन्छन् वडा कार्यालय चलाउन कस्तो भवन चाहिने होर ? पहिले किन बिना योजनाको बनाईयो ? यो फजुल खर्चको जिम्मेवारी कसले लिन्छ ? यसको जवाफ वडाबासीलाई कसले दिन्छ ? उपमहानगरको मेयर फरिएका छन्, वडाध्यक्ष उनै हुन् यो वडा सञ्चालनका लागि उपयुक्त थिएन भने किन बनाइएको हो ? हतारमा उद्घाटन गरेर किन रमिता देखाइयो ? स्थानीयहरु यस्ता प्रश्न गरिरहेका छन् ।
०७९ साल बैशाख ३० गते तोकिएको स्थानीय निकायको निर्वाचनको पूर्वसन्ध्यामा ०७८ चैत्र १९ गते निर्माणाधिन अवस्थामै उद्घाटन गरिएको वडा भवनको छेवैमा अर्को नयाँ भवन बनाउने कार्य यतिबेला आलोचनात्मक हुन पुगेको छ । तत्कालिन मेयर सुवेदीको समयावधि सकिनै लागेकोले अन्तिमचरणको निर्माणाधिन अवस्थामा भवनको उद्घाटन गरिएको थियो । जबकि वडा कार्यालयका लागि कस्तो भवन चाहिन्छ भनेर सोँच्न सक्ने स्मरण नभएकाले किन लाखौंको भौतिक निर्माण गर्नु अनुचित भएको स्थानीय लक्ष्मण बिक्रम मल्लले बताए ।
उनले थपे, नयाँ भवनलाई प्रयोगबिहीन बनाएर घाँसे मैडान बनाइएको, सिसा फुटिएको क्षति कसले बेहोर्ने ? लगायत वडाबासीका जिज्ञासालाई कारणहरुसहित सार्वजनिकरुपमा जवाफ दिनुपर्ने बताए ।
अर्का स्थानीय दया भुसालले निर्माणमा कमिसनको खेल हुन भएकाले यस्ता कार्यहरु बढ्दै गएकोप्रति आक्रोस पोखे । यसअघि पनि वडाध्यक्ष रहेका रामचन्द्र क्षेत्रीले तत्कालीन समयमा बिनायोजना भवन निर्माण भएकाले त्यसको कुनै प्रयोगमा नआएको र पुरानो भएको भवन साँघुरो भएकाले अर्को भवनका लागि ठेक्का भएको स्वीकार गर्दै म यही वडाको वडाध्यक्ष भए पनि त्यो बेला केही सोधिएन, तत्कालीन प्रमुख कार्यकारी अधिकृत चक्रपाणि शर्माले जिरीको उदाहरण दिदै डिजाइन गरेर ठेक्का भएको हो, मैले यस्तो भवन नबनाउन धेरै आग्रह गरेको हुँ मेरो केही चलेन, उनले भने ।
वडा सदस्य नकुल शाहीले भन्छन्, बिनायोजना त्यो बेला बनाइएको भवन प्रयोगमा नआएका कारण झ्यालहरु तोडफोड भएको र संरक्षण नभएको स्वीकार गर्छन् । ‘दुई तलाको भवनमा झ्यालहरु फोरिएका छन्, केही फलामका रडहरु पनि टुटाइएको छ, प्रयोगमा नआएपछि स्थानीय बालबालिका पुगेर खेल्ने ठाउँ बनेको थियो, अब त्यसको नजिकै अर्को भवन निर्माणमा लागि ठेक्का भएको छ।
१ करोड रुपैयाँ भवन निर्माणका लागि छुट्टाएपनि टेण्डर केही कममा भएको थियो । वडा कार्यालयको भवन निर्माणका लागि दुई बिगाह जग्गा छुट्टाइएको र दुई तले भवनको निर्माण हुनु अहिले आएर तत्कालीन कार्यकारी प्रमुख शर्मालाई दोष थुपारेर जनप्रतिनिधिलाई चोख्याउने काम भएपनि भोट बैंकको रुपमा चिनिने बुटवलको वडा न-११ का नागरिकसँग तत्कालिन मेयर, उपमेयरलाई छोप्न खोजिएको स्पष्ट देखिन्छ ।
बुटवलका नगरप्रमुख खेलराज पाण्डेयले यसअघिको भवन अपर्याप्त भएकाले नयाँ भवन निर्माण थालिएको बताउँदै पुसको १५ भित्र निर्माण सक्नेगरी अघि बढाएको बताएका छन् । यसअघि बनाइएको भवनमा नागरिकस्तरबाट जिज्ञासा उठेका छन्, यस्ता बिषयमा जनप्रतिनिधिले ख्याल गर्नुपर्छ ।
उनले भने ।
हाल नयाँ भवन निर्माणका लागि दास निर्माण सेवासँग गत असार ८ गते ठेक्का सम्झौता भइ आगामी पुस १५ गतेभित्र निर्माणकार्य सम्पन्न गर्नुपर्ने सम्झौता भएको बताइएको छ । एक करोड २२ लाख ४२ हजार ६ सय छब्बिस रुपैयाँ ५३ पैसामा ठेक्का दिइएको र निर्माणकार्यलाई शुरुवात गरिसकेको दास निर्माणका सञ्चालक ठेकेदार गणेश दासले बताए ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










