देशभर बदलीः मनसुनी रेखा तराई आसपास

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखका अनुसार, मनसुनी न्यून चापीय रेखा तराई आसपास रहेकाले आज देशभर मनसुन सक्रिय रहनेछ। आज दिनभर देशैभरि पूर्ण बदली रहनेछ।

महाशाखाले देशका अधिकांश स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको बताएको छ। यसैगरी, मधेस प्रदेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र एकदुई स्थानमा मुसलधारे वर्षाको समेत सम्भावना छ। कर्णाली प्रदेशका केही स्थानमा पनि भारी वर्षा हुन सक्नेछ।

आज राति भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा पूर्ण बदली रहनेछ भने बाँकी क्षेत्रमा सामान्य बदली रहनेछ। राति गण्डकी र कर्णाली प्रदेशका पहाडी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका धेरै स्थानमा मध्यम वर्षा हुनेछ।

सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ। लुम्बिनी प्रदेशका तराईका केही स्थान र गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

मौसम महाशाखाले वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र गेग्रान बहाव ९डेब्रिज फ्लो० को जोखिम बढ्ने बताएको छ। साथै, ठूला तथा साना नदीनाला र खोलाहरूको पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्र प्रभावित हुन सक्ने भन्दै सबैलाई सतर्क रहन आग्रह गरेको छ।