संसदीय समितिको बैठकः कैलाली घटनाको छानबिनमाथि छलफल हुने


काठमाडौँ। संघीय संसदका चारवटा संसदीय समितिको बैठक आज बस्दैछ। यसमा विभिन्न महत्त्वपूर्ण विधेयक र प्रतिवेदनहरूमाथि छलफल हुनेछ। अर्थ समिति को बैठकमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि दफावार छलफल हुनेछ।

त्यस्तै, कानुन, न्याय तथा मानव अधिकार समिति ले साउन २३ गते कैलाली कारागारमा घटेको घटना र त्यसको समाधानका उपायहरूबारे गृहमन्त्रीसँग छलफल गर्ने कार्यक्रम तय गरेको छ । कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति को बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का विषयमा छलफल हुनेछ।
अर्कोतर्फ, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति ले महालेखापरीक्षकको ६२औँ प्रतिवेदन मा समेटिएका मूलभूत पक्षहरूको बारेमा छलफल गर्नेछ। यी बैठकहरूले देशका महत्त्वपूर्ण आर्थिक, कानुनी, र प्रशासनिक विषयहरूमा छलफल गरी आवश्यक निर्णय लिने अपेक्षा गरिएको छ।























