प्रतिनिधि सभा बैठकः रास्वपा र राप्रपाका सांसदहरुको विरोध कायमै

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दैछन् । ओलीले आफ्नो हालैको विदेश भ्रमण, सरकारका पछिल्ला उपलब्धिहरू र देशका समसामयिक विषयहरूमा केन्द्रित रहेर सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री ओली तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भई गत साउन २३ गते स्वदेश फर्किएका थिए ।

बैठकको शुरुआतमै रास्वपा र राप्रपाका सांसदहरु विरोधस्वरुप उभिएका छन् । उनीहरु गत जेठदेखि भिजिट भिसा प्रकरणको छानबिनको लागि भन्दै विरोध गरिरहेका छन् । भिजिट भिसा प्रकरणमा उच्च स्तरीय छानबिन गर्न मागसमेत गरिएको छ ।