राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौँ। सङ्घीय संसद्, राष्ट्रिय सभाको बैठक आज बिहान ११ः४५ बजे बस्दैछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको छ।

राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले ‘सातवटै प्रदेशस्तरमा आयोजित निर्वाचक मण्डलहरूसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन’ सभासमक्ष टेबुल गर्नेछन्।